• About
  • Advertise
  • Contact
  • Privacy Policy
Thursday, December 5, 2019
LiveMandu
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights
No Result
View All Result
LiveMandu
No Result
View All Result
Home बिशेष

म त रोएँ सरकार !

नरेन्द्रराज प्रसाई

5k
VIEWS
by livemandu
in बिशेष, विविध

श्रद्धेय रानी ऐश्वर्य !
आज लेखनाथमार्ग (लैनचौर) को बाटो हिंड्दा हिंड्दै थाहै नपाई मेरा आँखा रसाएछन् । कुनै बेला तिमीले मन, वचन र कर्मले निर्माण गरेको सामाजिक सेवा मन्दिरको नाउँ नै फेरिदिएछन् ।

तिमी बाँचुन्जेल त्यस भवनको वरिपरिको पर्खाल पनि होचो थियो । त्यसैले सडकैबाट सामाजिक सेवा मन्दिर देखिन्थ्यो । गणतान्त्रिक सरकारले त त्यस मन्दिरको नामोनिसान मेटाएर वरिपरिको पर्खाल समेत अग्लो पारेछ । अब त सडकबाट त्यो विशाल भवन पनि देखिदैन रहेछ । यस्तो दृश्य देखेपछि मैले मेरी पुरोधिका इन्दिरालाई भनेको थिएँ- “राजा रानी त यति सारो डराउदैन थिए ।”
•
तिमीले आफ्नी छोरी श्रुतिलाई किनिदिएको जग्गा नै सामाजिक सेवा मन्दिरलाई उपहार दिएकी थियौ । अनि तिम्रै योजनामा त्यो भवन निर्माण भएको थियो । भवन निर्माणका समयमा तिम्रो हरपलको समय त्यही भवन वरिपरि वित्थ्यो । तिमीलाई सधैं त्यहीं भेटिन्थ्यो । बिहान, दिउँसो र साँझ पनि तिमी त्यतै हुन्थ्यौ । उदाहरणका लागि भन्ने हो भने एक दिन राति ८ बजेतिर सोही भवनस्थित मेरो कार्यकक्षमा म काम गरिरहेको थिएँ । त्यस बखत मेरो कार्यकक्षमा बिजुली बलेको देखेर तिमी राजा वीरेन्द्रसँगै सरासर मेरो कोठामा आयौ र भन्यौ- “तिमी अझै काम गरिरहेका छौ; नरेन्द्र ?” त्यति अबेला राजा रानीलाई अपर्झट मेरै कोठामा देख्ता म अकमक्क परेको थिएँ ।

श्रद्धेय सरकार ! मेरो कामबाट तिमी प्रभावित पनि थियौ । त्यसैले समाजिक सेवा राष्ट्रिय समन्वय परिषद्का बैठकहरूमा अध्यक्षका नाताले तिमीले मलाई प्रोत्साहन दिने हेतु राम्रो काम गर्ने सूचीमा मेरो नाउँ उल्लेख गरेर सम्बोधन गर्ने गर्थ्यौ । म पनि हरपल तिम्रै सदिच्छा पूरा गर्न समर्पित थिएँ । तर मेरो त्यो समर्पण धेरै वर्ष टिकेन । २०४६ सालमा बहुदल आएपछि भने तिमीलाई त्यो ठाउँ छाड्न वाध्य पारियो । अनि म पनि अलपत्र परें ।

समाजसेवामा तिम्रो मन थियो, वचन थियो र कर्म पनि जोडिएको थियो । तर अहिलेको सरकारले तिम्रो पसिनाद्वारा समेत निर्मित समाजसेवा भवनको नामाकरणको पाइलो नै लोटाएछ । अथवा भनौं इतिहास अङ्कित सामाजिक सेवा मन्दिरको नाउँ नै मेटाएछ । त्यस दृश्यले मेरो मन रोयो; सरकार !
•
तिम्रो आत्मामा कति चोट पर्यो होला ! तिमीले केही अभिव्यक्त गर्न पनि सक्तिनौ । अहिले देश सारै छाडा भैरहेको छ । यसको नाउँ नै नयाँ नेपाल हो रे ! अनि यो कसका लागि परिवर्तन भैरहेको छ ? परिवर्तनका नाउँमा असल कृत्यहरूको नै समूल नाश गर्नु हो र ! यहाँ त यस्तै भैरहेको छ; सरकार !

Tags: नइ प्रकाशननरेन्द्रराज प्रसाईराजा वीरेन्द्ररानी ऐश्वर्यश्रुति
Previous Post

चन्द्रमा स्पर्शको ५० वर्षे इतिहासको उत्सव मनाऔं

Next Post

साउन ४ शनिबार राशिफल

Related Posts

exclusive

नअस्ताउने नारायण गोपाल

December 5, 2019
240
exclusive

भाजपा गान्धी बिरोधाभास अनि कालापानी र लिपुलेक

December 5, 2019
1.8k
बिशेष

चीन दर्पण पुस्तक समीक्षा

December 5, 2019
34
Next Post
rasifal

साउन ४ शनिबार राशिफल

दलाई लामाको महिला अवतार संभव छ ?

rasifal

साउन ५ आइतबार राशिफल

Discussion about this post

Loading comments...

Recommended

लुकेको धादिङ, फुकेको प्रकृति

10 months ago
164

एक चोटी पढ्नुहोस, जीवनमा खुसि ल्याउने बुद्धका १० वाणी !

11 months ago
695
The Voice

आज द भ्वाइस अफ नेपालमा

1 year ago
1.3k

नअस्ताउने नारायण गोपाल

13 hours ago
240

Topics

healthHealth tipshealthy foodhealthy lifeIPL 2019lovemotivationmusicNepalNepal Tourism BoardThe Voice of Nepalvisit nepal 2020अमेरिकाइन्दिरा प्रसाईकविताकाठमाडौंको बन्छ करोडपतिक्रिकेटचलचित्रचीनछठडा. निर्मलमणि अधिकारीद भ्वाइस अफ नेपालदिल्ली क्यापिटल्सनइ प्रकाशननई प्रकाशननरेन्द्र मोदीनरेन्द्रराज प्रसाईनिर्मल शर्मानेपालनेपालीपशुपतिनाथपाकिस्तानपोखराफेसबुकबेलायतभारतमुसलमानराजा महेन्द्रविश्ववीरगञ्जश्रीलंकासन्दिप लामिछानेसार्वजनिकस्वास्थ

LiveMandu

LIVEMANDU is premier magazine from kathmandu, Nepal.

LEARN MORE »

Categories

  • Archive
  • Art & culture
  • Diasporas
  • English Edition
  • exclusive
  • Health
  • Highlights
  • Life
  • Literature
  • Review
  • Variety
  • Voices
  • अन्तर्वार्ता
  • आवाजहरू
  • कला र संस्कृति
  • जीवन
  • जीवन शैली
  • देश
  • प्रबिधि
  • प्रवास
  • बिशेष
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विविध
  • विश्व
  • शास्त्रार्थ
  • समीक्षा
  • साहित्य
  • स्वास्थ्य

© 2018-2019 LiveMandu. All rights belong to their respective owners.
LiveMandu is a top magazine from Kathmandu, Nepal.

No Result
View All Result
  • गृहपृष्ठ
  • जीवन
    • जीवन शैली
    • स्वास्थ्य
  • कला र संस्कृति
  • प्रवास
  • आवाजहरू
  • विविध
  • साहित्य
  • समीक्षा
  • शास्त्रार्थ
  • मनोरञ्जन
  • राशिफल
  • English Edition
    • Life
      • Health
    • Art & culture
    • Voices
    • Diasporas
    • Literature
    • Review
    • Variety
    • Highlights

© 2018 LiveMandu - Powered by DigiMed.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In