इन्डियाका चर्चित भ्लगर मिथिलेस नेपाल आएछन। उनको रसीया, युक्रेन र थाइल्यान्डको भ्लग हेरेर फलो गरेको थिए। नेपाल आएर आज हालेको भिडियो केही घन्टामै २३ हजार बढिले हेरेका छन। ३ लाख ९२ हजार सब्स्क्राइबर भएका मिथिलेसको कमेन्टमा नेपाल बारेमा अत्यन्तै सकारात्मक कमेन्ट छन। यी त औसत कुरा भए। मिथिलेस नेपाल आएर उस्ले भनेका यी कुरामा अत्यन्तै आनन्द आयो:
१. मुम्बई देखि काठमाडौ नेपाल एयरलाइन्स आउँदा यात्रा मज्जा लाग्यो। एयरलाइन्सको कलरकै युनिफर्ममा स्टाफ थिए। (राष्ट्रिय ध्वजावाहकको पनि राम्रो रेस्पोन्स आयो)
२. नेपालको विमानस्थल ओर्लिनासाथ स्टाफले राम्रो व्यवहार गरे। मुस्कुराउदै नमस्ते गरे। (मन्त्री योगेस भट्टराईले घोषणा गरेको मुस्कान सेवाले काम गरेछ)
३. नेपालमा तीन बजे राती सम्म सडकमा सहजै केटीहरु हिडेको र बार नि आएको खुल्ला समाज देखे। जुन भारतमा पनि छैन। (महिला हिंसामा बदनाम मुम्बई र दिल्ली भन्दा नेपाली राजधानिमा सडकमा महिला सेफ भएको सन्देश )
४. स्वर्ग मिथ्या हो नेपाल सत्य हो (भ्लग टाइटल जसले नेपालको सुन्दरता बोल्छ। मिथीलेसले स्वर्ग भनेर तुलना गरेको नेपाल नै पहिलो देश देखियो)…..
नोट: मिथिलेस जस्ता लाखौंलाई प्रभाव पार्ने “इन्फ्लुएन्सर्स”ले यस्तो फिडब्याक दिनुको अर्थ नेपाल पर्यटन बोर्डको करोडौं बिज्ञापन भन्दा प्रभाबकारी हुन्छ। हामी नेपालीले नेपालको कयौं स्तुति गान गाएको भन्दा अर्थपूर्ण हुन्छ । जय पर्यटन ।
यम. आर. आर. बाट साभार
Discussion about this post