दिल्लीमा जन्मिएका पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुर्सरफ


भारतको दिल्लीमा जन्मीएका पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुर्सरफलाई मृत्युदण्ड किन दिइदैछ ?

सन् २०१३ बाट नै पूर्व प्रधानमन्त्री मुर्सरफलाई संविधानलाई खारेज गरेको देशद्रोहको अपराधको मुद्धा चलिरहेको थियो, अहिले आएर सन् २०१९ को अन्तमा मुर्सरफलाई मृत्युदण्डको निर्णय पेशावरको विशेष अदालतले गरिदियो । अहिले परवेज दुबईमा छन्, आफ्नो उपचार गराइरहेको बताएका परवेज घरिघरि दुबईबाट आफू भिडियो मार्फत आफ्ना विचारहरु जनाइरहेका छन् । पाकिस्तान न्यायलय अहिले वलियो र तठस्त भएको बताउने एउटा जमातले यो निर्णयको निकै प्रशंसा पनि गरेका छन् ।

सन् १९९९ मा तत्कालिन प्रधानमन्त्री नवाज सरिफको सिफारिसमा सेना प्रमुख भएका परवेजले सन् २००१ मा नै सेना प्रयोग गरि नवाजलाई बन्धक बनाएर संविधानलाई सुस्तरि खारिज गरि सेना शाषन पाकिस्तानमा सन् २००८ सम्म चलाइदिए । त्यसपछिको चुनावमा यिनको पार्टीले हारेको थियो । सन् २००७ मा त संविधानलाई पूर्णत खारेज गरेर यिनले आकस्मीक अवस्था नै घोषणा गरेका हुन् ।
यस महिनाको शुरुवातमा दुबईको अस्पतालबाटै ७६ वर्षिय परवेजले भिडियो जारी गर्दै आफूमाथि लागेको आरोप आधारहिन बताएका थिए । ३ जनाको न्यायधिक बेन्चमा २ जनाले परवेजलाई मृत्युदण्ड दिने घोषणा सखारेपछि यिनको मृत्युदण्ड अदालतले तय गरेको हो ।
सन् २००१ मा सत्ता हातमा लिएका यिनले सेनाको मातहतमा नै शाषन को डोर ७ वर्षसम्म चलाए । सन् २०१३ को चुनावमा यिनले अपदस्त गरेका प्रधानमन्त्री नवाज सरिफको पार्टीले बहुमत ल्याएपछि यिनी सत्ताबाट बाहिरिए, सन् २००८ मा यिनले राजीनामा दिएका हुन् ।

मुर्सरफका भिडियो अनुसार सन् २००७ मा सरकार, संसद र क्याबीनेटले नै सखारेको तर्क छ तर काुननीरुपमा त्यो कदम गैरकानुनी छ । देशदा्रेहको आरोप लागेका हरुको आरोप पुष्टि भएपछि पाकिस्तानमा स्वत मृत्युदण्ड दिइने कानुन छ तर परवेज सन् २०१६ मा नै भागेर दुबई गएका थिए त्यसपछि यिनी स्वदेश फर्किएका नै छैनन ।

सन् १९६४ मा पाकिस्तान सेनामा नियूक्त भएका परवेजको जन्मथलो भनें भारतको दिल्ली हो, यिनका बुवा भनें पेशाले पाकिस्तानी बैदेशिक निती का योजनाकार र कुटनैतिक कर्मचारी थिए । यिनी जन्मदा भारत र पाकिस्तान टुक्रिएकै थिएन । यिनको भारतीय औपचारीक भ्रमणमा दिल्लीको आफ्नो जन्मस्थान र ठाँउ यिनले भ्रमण गरेका थिए । पार्टिशन पछि दिल्लीबाट पाकिस्तान आएका परवेजका परिवारहरु कराँचीमा आएर बसेका थिए ।

सन् १९९९ को भारतपाक बिवादमा कार्गिल युद्धका क्रममा यिनी र प्रधानमन्त्री नवाज सरिफबिच बिवाद भएको थियो । पछि आफू प्रधानमन्त्री भएपछि यिनले आफू बिरुद्धका धेरै मान्छेहरुलाई मृत्युदण्ड दिलाएका उदहारणहरु निकै छन् । अमेरिकामा भएको सेप्टेम्बर ११ को ट्वीन टावर आक्रमणमा पाकिस्तानी जनताको अमेरिकालाई समर्थन नगर्ने मतका बाबजुद जनता र क्याबीनेटलाई पन्छाँउदै यिनले अमेरिकालाई अफगानीस्थान बिरुद्धको आक्रमणमा सघाएको आरोप छ । अमेरिकाले छिमेकी अफगानीस्थानलाई आक्रमण गर्न पाकिस्तानी भूमिको बेजोड उपयोग गरेको हो । सन् २००८ मा राजिीनामा दिएपछि सन् २०१३ सम्म यिनी बिदेशमा नै बसे तर सन् २०१३ को चुनावमा फर्किएका यिनी नराम्रोसंग पराजित भए ।

पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्यामा पनि यिनलाई आरोप लागेको छ । अहिलेसम्म अदालतमा यिनी केवल २ पटक उपस्थित भए र पाकिस्तानमा पछि आँउदा यिनी आफ्नो ईस्लामावादको फार्म हाउसमा सेना मातहतको सुविधा प्रयोग गरेर बसे ।

यिनलाई पाकिस्तानमा तानाशाहको रुपमा नै चिनिन्छ, यद्धपि यिनले मृत्युदण्ड बिरुद्ध अझै पनि सुप्रिम कोर्टमा जान सक्ने संभावना भनें नभएको हैन । पाकिस्तानको ७२ वर्षिय इतिहासमा आधा जतिको समय सेनाले शाषन गरेको इतिहास छ र यो पहिलोपटक कुनै सेना शाषकलाई मृत्युदण्डको सजाय दिइने निर्णय भएको हो ।

परवेज अझै पनि पाकिस्तानी सेनाका लागि चहकीला व्यक्तित्व र प्रेरक मानिन्छन्, यिनले सन् २००७ मा सुप्रिम कोर्टका जज ईफ्तिहार मुहम्मद चौधरीलाई हटाएर यस निर्णयको बिरोध गर्ने अन्य न्यायधिशहरुलाई पनि धरपकड गरेर समातेका र नजरबन्दमा रिखिदिएका हुन् । यो न्यायमूर्तिहरुसंगको खेलवाड नै यिनलाई भारी पर्यो । सन् २०१६ मा केहि हप्तामा मातृभूमि फर्किने भनी दुबई गएका परवेज त्यसपछि देश फर्किएनन, के अब मृत्युवरणका लागि परवेज फर्कन्छन त ?

दुबईको सुपूर्दगी सन्धी बारे नितीले के भन्दछ त ? के दुबईले परवेजलाई पाकिस्तान समक्ष सुम्पन्छ त ? लाइभमाण्डु हेर्दै रहनुहोस है ।

लाइभमाण्डु

पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं सेना प्रमुख परवेज मुर्सरफलाई मृत्युदण्डको सजाय

पाकिस्तानका आतंकवादीस्थलमा छापामारीका क्रममा सुरक्षाकर्मीमाथी हमला


Loading comments...