Petrol

निगमले पेट्रोलियम पर्दाथको मुल्य घटायो


अन्तराष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मुल्य घटिरहेको अवस्थामा नेपाल आयल निगमद्धारा डिजल र पेट्रोलमा २- २ रुपैया घटाएको छ । नयाँ मुल्यको कार्यन्वयन सोमबार राति १२ बजेदेखि हुनेछ ।

अब पेट्रोलको नयाँ मुल्य रु ११२ र डिजेल तथा मट्टितेलको मुल्य रु ९९ कायम रहनेछ । हवाई ईन्धन तथा एल पि ग्याँसको मुल्यमा भने केही परिवर्तन गरिएको छैन । अन्तर्राष्ट्रिय मूल्यमा आएको कमी र अमेरिकी डलरको भाउ केही कमजोर भएको कारणले पेट्रोलियम पर्दाथको मुल्यमा कमि आएको निगमले जनाएको छ ।


Loading comments...