बलात्कार आरोपीलाई साढे १२ वर्ष कैद र तीन लाख जरिवाना


संखुवासभा । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई १२ वर्ष छ महिना कैद सजाय सुनाइएको छ । नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका धर्मदेवी नगरपालिका- ९ का २० वर्षीय युवकलाई साढे १२ वर्ष कैद सजायको फैसला सुनाइएको हो ।

जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजालसले आइतबार कसुर ठहर गर्दै १२ वर्ष छ महिना कैद र तीन लाख रुपैयाँ जरिमाना तोकेको छ । जिल्ला अदालत संखुवासभाका सूचना अधिकारी डिल्ली प्रसाईंले अदालतको आदेशसँगै आरोपी युवकलाई जिल्ला कारागार चलान गरिएको बताए ।

बलात्कार आरोपमा पीडित पक्षले ४ पुस २०७७ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपीलाई प्रहरीले ४ पुसमै पक्राउ गरेको थियो । जिल्ला अदालतमा २६ पुसमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान थालेको थियो । न्युजकारखाना


Loading comments...