आफ्नै विवाह समारोहमा जीनुको ‘आभास’ सार्वजनिक


आफ्नै विवाह समारोहमा एल्वम विमोचन गराएकी छन् गायिका जीनु जोशीले । उनले विवाह समारोहमा ‘आभास’ एल्वम विमोचन गरेकी हुन् । उनी आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन ‘आभास’ विमोचन गरिएको हो ।

‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली र गायिका जीनुलगायतका सङ्गीतकार/गायकले सम्युक्त रुपमा विमोचन गरेका थिए ।

एल्बमा ‘मस्ती’, ‘छायाँ तिमीलाई’, ‘तिमीलाई पाउँने आशमा’, ‘भनेको थिए तिमीलाई’, ‘भिजेको नजरले नहेर’, ‘कोही यहाँ बाटै’, ‘एकान्तमा हास्थे’ र ‘रमाउने छौ जीवनमा’ जस्ता गरी आठ गीत समावेश गरिएको छ । जीनुको एकल स्वर रहेको एल्बमका गीतमा आभास जोशीको शब्द र सङ्गीत संयोजन रहेको छ ।

विगत दश वषदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय मिठो स्वरकी धनी गायिका जिनु जोशीले शब्द, सङ्गीत र गायन तीनै विधालाई सँगसँगै अघि बढाइरहेकी छन् । थुप्रै कलेक्सन एल्बमहरुमा पनि स्वर दिएकी उनले यस अघि आधुनिक गीति एल्बम ‘प्रारम्भ’ र भजनसङ्ग्रह ‘माधवनारायण’ स्रोता/दर्शकमाझ ल्याएकी थिइन ।

बाल्यकालदेखि नै गायनमा रुचि भएको भएता पनि विद्यार्थी जीवनमा स्कुले गायन प्रतियोगितामा प्रथम उपाधि हासिल गरेपछि साथीसङ्गीहरुको हौसला र घरपरिवार खासगरी मावली हजुरआमाको सहयोगले निरन्तर यस क्षेत्रमा लागिरहने प्रेरण मिलेको जीनुले बताइन ।


Loading comments...