पौष १३ गते देखि भृकुटीमण्डपमा औधोगिक प्रदशनी हुने
यही पौष १३ गते देखि १९ गतेसम्म काठमाण्डौको प्रदशनी स्थल, भृकुटीमण्डपमा हुने औधोगिक प्रदर्शनीको समुद्घाटन पौष १३ गते शुक्रबार दिनको ठिक १२:३० बजे हुने भएको छ ।
प्रदर्शनीका मुख्य आकर्षणहरुः
- प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पल र बस्तुहरुमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।
- नयां डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।
- शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरुको लागी निशुल्क प्रबेशको ब्यवस्था मिलाईने छ ।
- स्कुल तथा कलेज बाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईनेछ ।
- सेलिब्रेटीहरुको उपस्थितिमा विविध कार्यक्रमहरु संचालन गरिनेछ ।
- राष्ट्रिय पोशाक लगाएर आउनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ ।
प्रदर्शनीका मुख्य उद्देश्यहरु
- नेपाल भरि छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरु उपभोक्ताहरु ले एउटै छानामुनि अवलोकन तथा छनौट गरि प्रतिष्पर्धि मुल्यमा खरीद गर्ने अवसर प्राप्त हुने ।
- उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलव्ध गराउने व्यक्ती , उद्योगी, उपभोक्ता, उद्योगी र व्यापारी, नीति नियम बनाउने सरकारी निकाय र त्यसलाई पालन गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, संचार क्षेत्रका संचारकर्मी र उद्यमी एकैसाथ एकै ठाउमा भेला भई एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको रुपमा स्थापित गराउनु समेत यो औद्योगिक प्रदर्शनी का मूख्य उद्देश्यहरु हुन ।
- उद्योगहरुले आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रदर्शनी गरि उत्पादन तथा निकासी अभिबृद्धि गर्ने कार्यमा सहयोग पुग्ने ।