फोसिल

कुमार नगरकोटी द्वारा लिखित पुस्तक “फोसिल”को समिक्षा


मनिषा बि. के- फोसिल, कुमार नगरकोटी द्वारा लिखित आठ लघु कथाको संयुक्त एक संकलन हो । कुमार नगरकोटी ‘अ म्यान फर हिम्सेल्फ’ भनेर चिनिने लेखक हुन् ।यस कथा संग्रहका विसंगतिजन्य हास्यरसले राजनैतिक चेतनालाइ रहस्यात्मकता संग जोडेको पाइन्छ ।
“गिद्दहरुको नाच” शिर्षकको पहिलो कथाले मनुस्य दानवको चेपुवामा परेका सर्वसाधारण (जो बिनाकारण मारिएका थिए) र शताब्दियौ देखि पितृसत्तात्मक समाजको थिचोमिचो तथा अत्याचारमा परेका महिलाहरुको पिडा र बदलालाइ प्रस्तुत गरेको छ । फागुन ७ लाइ प्रजातन्त्र दिवस भनेर चिनिन्छ, उक्त दिन हराएको उखानबिक्रम मल्लको खोजमा उनको बुवाले गरेको योग र यसक्रमक आलौकिल पात्र अनि पात्रहरु घटनाहरुले, पाठकलाइ अवाक बनाउने सामर्थ्य राख्दछन् ।

नेपाली भाषामा अंग्रेजी शब्दको उच्चारण चाख्न पाइन्छ यो पुस्तकमा तब न बास्तविकताको अनुभुती हुन्छ, किनकि हामि पनि साधारणतया शुद्द नेपाली नै बोलि रहेका हुदैनौ ।बोल्ने सैलीअनि जिउने शैलिको नगर्कोटिको कुनै सिमाना नभएको अनुभुती यसर्थ यहा पाइन्छ ।

पुस्तक पढीरहँदा चलचित्रमा जस्तो दृश्य कोलाज र ध्वनी पश्चातको मौनता आभाष गर्न सकिन्छ । उनी प्रकृति, वातावरण अनि जनामानासिकताको सफल अप्रेसन तथा मर्मत कलात्मक तरिकाले गर्न सक्दछन । सबै बौलाएका काठमाडौं बासीहरुको संवादमा गहिरो पिडा मिश्रित हास्यास्पद बार्तालाप पनी भेट्न सकिन्छ । नगरकोटी मेटाफरको पयोग (बिम्ब प्रतिबिम्ब) गर्न माहिर लेखक; गीद्द, लास, मसानघाट, रात आदिको प्रयोगले कथाको स्वरुपमा अतुलनीय योगदान गरेको पाइन्छ ।

बिगतको द्वन्दबारे उनका तिन कथामा प्रचुर उल्लेख गरिएको छ किनभने, अज्ञात, रहस्यमय स्थितिमा उनी कल्पनाको गतिमा लेखिरहेका हुन्छन । उनि सरर एकठाउँबाट घरि मसानघाट पुर्याउछन् , स्तब्ध बनाइदिन्छ्न् , घरि रातको सुनसानमा बिलाइदिन्छ्न । कथा पढिरहदा निरन्तर पढिरहु लाग्दछ, सायद यो खुबी बिरलै लेखकमा रहेको हुन्छ ।

तर, आम पाठकहरुलाई पहिलो पटकमै उनका कथा बुझ्न कठिन छ। यथार्थ र कल्पनाको सम्मिश्रण, जीवित र मृत पात्र बिचको संवाद, कुकुर र मान्छे, गिद्द र मान्छे बिचको संवाद, यथार्थसिद्द सुचित खासमा के गर्न खोजेको बास्तवमा निकै थोरै पाठकले पहिल्याउन सक्दछन । कथामा हास्यरस हुदैथ्यो भने, पाठकले सायद वाहियात लेखक भन्ने ट्याग लगाईदिन्थे होलान । ‘पाण्डुलिपि’ कथामा बाघ पुरुष अहंकारको प्रतिक अनि भालु चमत्कारी सुन्दरी एबं बदनाम भएकी अप्रिलाको ब्याख्याबाट उनि सामाजिक सत्यतालाइ प्रस्तुत गर्दछन । यद्यपी सरल लेखक उनि पक्कै हैनन् । उनको उदासिन, बेचिन्तक फकिर व्यक्तित्वले पनि नवपाठक, युवापाठक, सरिकपाठकहरुको श्रद्दावनत हासिल गर्न सफल छन ।

नगरकोटीको लेखन सैली बर्तमान परिस्थितिमा बडो अराजक बन्दै गएको प्रतित छन् । पाठकलाइ संवेदनामा फसाउन माहिर छन् तर चरम संवेदना सुस्तरी आफै भत्काउछन, असान्दरभिक सन्दर्भ जोडेर । सायद यो ‘खुबि’ पनी कहलाउन सक्दछ, फरक पाठकको निमित्त ।


Loading comments...