गीतको लय चोरी, इन्स्टाको फोटो


 

नेपाली गीतहरुमा लय चोरी गरिने चलन पुरानै हो । दशकौं अगावै प्रकाश पौडेलको विदेशी गीतबाट साभार गरिएको नाँई मलाई त्यही केटि चाहिन्छ बोलको गीत देखि आई एम र बार्बी डलको लाग्यो बाढुली सम्म । एकताका निर्माता चिरञ्जीवी बस्नेतले बनाएका चलचित्रहरु जो च बाटै उच्चारण हुने नामबाट बन्दथे, ती चोर, चमत्कार लगायतका चलचित्रमा उनले भारतीय चलचित्रको छाँया कथा, पात्र अनि संगीत पनि हुबहु कपी गरिदिन्थे । अहिलेको समयमा कहिले अल्मोडा राना त कहिले कालीप्रसाद लगायतका बहुतै चलेका संगीतकारहरु पनि यो गीतको लय चोरी गर्ने दौडमा प्रष्टसंगले मुछिएका छन् । अब यो चोरी भन्ने या परिपेक्ष्यकरण या उत्प्रेरणा ? इन्स्टाको फोटो कालीप्रसाद बाँस्कोटा र आशिफ शाहको नेपाल आइडल सिजन २ पछिको वसिवियाँलो मात्र नभई जी २१ प्रोडक्शनको एउटा सुपरहिट गाना भयो, केहि हप्तामै ४०सौं लाख नेपालीले मनपराएको यो गीत अहिले आएर एउटा विदेशी गीतको हुबहु नक्कल भएको प्रमाणित भएको छ ।

एकजमाना थियो जब संकलकहरु गाँउगाँउमा गएर भाका साभार गर्दै गीत निकाल्थे र उनीहरुलाई रेडियो नेपालमा संगीतकार नभनी संकलक भनिन्थ्यो । धेरैवटा गीतहरुमा राम थापा, कुमार बस्नेत लगायतका बरिष्ठ नामहरु संकलकको सूचीमा पाइन्छ । अहिले नेपथ्य समुहका गायक अमृत गुरुगं गाँउगाँउमा गएर भाका टिपेर ल्याउने गर्दछन् । काली प्रसाद बाँस्कोटा एउटा श्रृजनशील संगीतकार हुन्, उनका हरेक गीतहरुमा केहि नौलोपना पाइन्छ तथापी केहि भाकाहरु साभार गर्न र रुचीपूर्ण लय जोड्न उनी खप्पीस पाइन्छन् । नेपाली मनमा रहेको पुराना गीत अनि लोकभाकाको आधुनिकृत स्वरुप उतार्न उनी खप्पीस छन् भन्ने धेरैको ठम्याइ छ ।
इन्स्टाको फोटो पनि कार्ला ब्रुनी नामक ईटालियन अनि फ्रेन्च सुपर मोडल र गायिकाको गीतको छाँयाप्रति भएको पाइएको छ ।
कार्ला ब्रुनीको गीत

अब इन्स्टाको फोटो सुनौं

गायिका ब्रुनीले सन् २००८ मा फ्रान्सका तत्कालिन राष्ट्रपती निकोलास साराकोजीसंग बिवाह गरेपछि उनी झनै चर्चामा आइन् । अहिलेसम्म उन्का ५० लाख एल्बुमहरु बिक्रि भइसकेका छन्, उनी निकै नै चर्चित छिन् । अहिले निकै समाजसेवी कार्यहरुमा संलग्न यिनी अहिले ५३ वर्ष हाराहारी कि भइन् ।

कालीप्रसाद बाँस्कोटाको गीत हुबहु यिनीसंग मिल्न जानु कुनै संयोग मात्र त पक्कै हैन ? नेपाली संगीतले विदेशी सर्जकहरुसंग उत्प्रेरणा लिन थालेको यो अर्को प्रमाण हो । तर निकै नाम चलेका राष्ट्रिय स्तरका सर्जकले समेत यसरी अन्य गीतहरु चोर्दा नेपाली दर्शकश्रोतको मन भनें समयसमयमा अमिलिने पक्का छ । के नेपाली मौलिक भाकाहरु सकिएकै हुन् र ? विदेशी गीत जस्ताका तस्तै चोरेर पस्किनलाई ?
के कालीप्रसाद लगायत अन्य आधुनिक संगीतकारले नेपाली दर्शक श्रोतालाई कम आँकेका हुन त ? यो यसरी गीत चोर्नु नेपाली सांगितिक नक्षत्रलाई नै अवमुल्यन गरिएको हो त ? विश्वमै बहुचचर्चित गीतहरुको सूचीमा रेशम फिरिरि लगायत अरुण थापाको रितुहरुमा तिमी पनि एकताका सुचिकृत भएको हो । नाचिदेउ मैच्यागं, तिम्रो त्यो आँखाको गहिराईमा वोलको नेपाली गीतलाई त बलिउडले मुलधारको चलचित्रमा राखेकै हो र उक्त गीत निकै हिट पनि भयो । ९० को शताव्दीको मध्यतिरै देवानन्दका केहि चलचित्रका गीतहरु नेपाली भाका र परिवेशका पाइन्छ, हरे रामा हरे कृष्णका गीतहरु देखि पछिल्लो दशकको लभ इन नेपालका गीतसम्म नेपाली संगितका छाँयाहरु छन् ।
अब यसरी भाका चोर्ने या सापट लिने सर्जकहरुलाई पनि संगितकार नभनी संकलक या छाँयाप्रतिकार पो भन्ने कि ?

लाइभमाण्डु


Loading comments...