सरस्वती पूजा विशेषाकं


सरस्वती पूजा बिधार्थीका लागि एउटा महत्वपूर्ण दिन हो । यो बन्दना र अर्चनामा कुनै एउटा मात्र जात, धर्म या सम्प्रदायको एकल प्रभुत्व हुँदैन । विद्याआर्जन समस्त पृथ्वीवासी चेतनाका पुञ्ज मानिसहरुको कर्तव्य र धर्म हो र आज विद्याको अर्चना गरिन्छ र बिधाकी देवी सरस्वतीको उपासना गरिन्छ । विद्याकी देवी सरस्वती हाँसमा बिराजमान, वीणा पुस्तक लिएर उभिएका प्रतिमुर्तिहरु बिधालय र चोकचोकमा सरस्वती पूजामा देखिन्छ । तर के हामीलाई यि मन्त्रहरुको अर्थ थाहा छ त ?

के आँउदा पुस्तालाई हामीले यी महानअर्थका मन्त्रहरु बुझाउन सकेका छौं त ? आज लाइभमाण्डुमा प्रस्तुत छ यि मन्त्र अनि अर्थहरु ।प्रथम बन्दना आज यिनै माता सरस्वतीको अवस्थिती प्रति आव्हान गर्दै । जय सरस्वती माता तिम्रो चरणमा हामी अज्ञानी झुक्छौं,बिद्याको कमीले कमजोर हामी छौं ।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥१॥

जो विद्या की देवी भगवती सरस्वती कुन्द को फूल, चन्द्रमा, हिमराशि र मोती को हार को जस्तो श्वेत वर्ण को हुनुहुन्छ र जो श्वेत वस्त्र सेतो लुगा धारण गर्नुहुन्छ, जसको हातमा वीणा(दण्ड शोभायमान छ, जसले श्वेत कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शंकर शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुन्, उनै सम्पूर्ण जडता र अज्ञानलाई दूर गर्ने माता सरस्वती हामौ रक्षा गर्नुहोला ।

शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं
वीणा(पुस्तक(धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥२॥

नेपाली अर्थ:

शुक्लवर्ण स्वरुपमा जगतमा सर्वब्यापी अनि ब्रह्मज्ञानको तात्विक सार को चरमोत्कर्ष धारण गर्नुभएकी, सम्पूर्ण भयबाट मुक्ति दिनसक्ने, अज्ञानको अध्याँरोबाट जगतलाई उज्यालोतर्फ ल्याउनसक्ने, भुजाहरुमा स्फटीकको माला र विणा धारण गर्नुभएकी र पद्मासनमा बसि ज्ञानको सञ्चार गर्ने चेतनामयी आमा जो सर्वोत्कृष्ट ऐश्वर्यले अलंकृत हुनुहुन्छ । वहाँको म बन्दना गर्दछु भगवती शारदा देवी सरस्वतीको म बन्दना र नमन गर्दछु ।

श्री पञ्चमी अर्थात शुक्ल पञ्चमी अनि सरस्वती पूजामा मान्छेले चेतना, ज्ञान अनि बिवेकको उपासना र उर्जाको प्राप्ती गर्दछ । यस वर्षको सरस्वती पूजा सबैका लागि बिशेष होस्, चराचर जगतमा ज्ञान र बिवेकको श्रोत खुल्दै जाओस् ।

लाइभमाण्डु


Loading comments...