शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी ९९ वर्ष पुगेर १०० बर्ष लागेको अवसरमा बैशाख ३० गते उनको सम्मान स्वरूप ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । उक्त दिन महानगरपालिका अन्तर्गतका सबै कार्यालयमा उनको सम्मानमा सार्वजनिक विदा हुनेछ।
महानगरपालिकाले उनको सम्मानमा पाठयपुस्तकमा जीवनी समावेश गर्ने, तस्बिरअंकित चाँदीका मुद्रा निष्कासन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्नेलगायत २२ कार्यक्रम पनि सार्वजनिक गरेको छ । सत्यमोहनलाइ ९५ वर्षकै उमेरमा सरकारले उनलाई शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो ।
बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रुपमा विस १९७७ वैशाखमा ललितपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशी संस्कृतिविद् र साहित्यकारका रुपमा चिनिन्छन्।
Discussion about this post