चीनले बिकास गर्यो ‘कोरोना भाइरस’ बिरुद्धको स्प्रे
चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ, उस्ले कोरोना भाइरसको बिरुद्ध लड्नका लागि हरसंभव कसरत गरिरहेको छ भनें चीनको ६ दिनमा नै १० हजार जनाको उपचार गर्न सक्ने गरि बनाउन आँटेको अस्पतालको चर्चा पनि निकै छ ।
An antiviral spray against novel #coronavirus has developed in Shanghai Public Health Clinical Center, which can be put into throat as shield from virus. The spray can greatly help protect front-line medical staff, yet mass-production for public use is not available for now. pic.twitter.com/om75IyQHHq
— People’s Daily, China (@PDChina) January 27, 2020
‘पीपल्स डेली चाइना’ चीनीया समाचार मुखपत्र मानिन्छ, यसको आधिकारीक ट्वीटर ह्याण्डलमा भर्खरै प्राप्त एउटा पोष्टलाई मान्ने हो भने सो अनुसार सांघाई हेल्थ सेन्टरले यसरी कोरोना भाइरसका बिरुद्ध लड्नका लागि स्प्रेको बिकास गरि सफल परीक्षण समेत गरिसकेको छ यद्धपी यस्ता स्प्रेहरु अहिलेसम्म सामान्य जनताको प्रयोगार्थ उपलब्धता भनें छैन । यस्ता स्प्रे लाई मुखमा छर्केर कोरोना भाइरसको बिरुद्ध आफूलाई सर्न नदिने क्षमता बिकास गर्न सकिन्छ । यी स्प्रेहरु फ्रन्टलाइनमा रहेका स्वास्थकर्मीलाई प्रयोगार्थ बनाइएको प्रारम्भिक तथ्य बताइएको छ । हुन त सन् २००२ मा सार्स भाइरस आउटब्रेकका समयमा चीनले कुनै प्रकारको यस्ता पद्धति अहिले १७ वर्ष सम्म पनि नबनाएको भनी आलोचना गर्नेहरु पनि पीपल्ड डेली चीनको ट्वीटको कमेन्टमा पाइयो । यदि यो खबर सत्य हो भनें यस महामारीबाट बच्न बिश्वजगतको जनस्वास्थका लागि नै चीनको यो सर्वाधिक ठूलो देन हुनेछ ।