फेसबुक, एप्पल, एमेजन तथा गुगल अमेरिकी संसदीय सुनुवाइमा उपस्थित
विश्व प्रविधिको बजारमा विश्व जनसंख्याको एउटा अधिक्तम जमात ओगटेको मुख्य कम्पनीहरु ‘फेसबुक, एप्पल, एमेजन तथा गुगलले ब्यापक शक्तिको दुरुपयोग गरि विश्व बजारमा प्रतिस्पर्धा दबाएर मोनोपोली ब्यापार गरेको’ भन्ने आरोपको सुनुवाईका लागि अमेरिकी संसद सहभागी भएका छन् । बजारमा अकल्पनीय रुपले बढ्दै गएको मोनोपोली बजारको अवस्थीका विषयमा आलोचकहरू चाहन्छन् ती कम्पनीहरू फुटून् ।
एक दिन मा १.८ अरब डलर आम्दानी गर्ने एमेजनका प्रमुख जेफ बेजोस भन्छन्, ‘विश्वलाई ठूला कम्पनीहरूको “खाँचो रहेको” बताउँछन् । त्यस्तै फेसबुक, एप्पल तथा गुगलका प्रमुखहरूले भने आफ्नो पुरानै तर्क राख्दैआएका छन् । ती तिनै कम्पनीहरुको एकैखाले तर्क छः भन्छन्, ‘हाम्रा प्रडक्टहरुले आविष्कारका लागि उत्प्रेरित गरेको छ’ । कडा नियमन तथा प्रतिस्पर्धासम्बन्धी छानबिनको विषयमा अमेरिकी सांसदहरूले विमर्श गरिरहेका समय विश्वभर लोकप्रिय ठूला प्रविधि कम्पनीका प्रमुखहरू संसदीय सुनुवाइमा सहभागी भएका हुन् ।
“They said it showed some in the tech sector had become too big and powerful, threatening rivals and consumers, and in some cases, even democracy itself.”
Amazon, Apple, Facebook and Google grilled on Capitol Hill over their market power https://t.co/mdG3orqeML
— Sue Morrow (@suelmorrow) July 29, 2020
कुन कुन विषयवस्तुहरुमा सुनुवाई भए?
संसदीय सुनुवाइका क्रममा डेमोक्र्याटहरूले प्रतिस्पर्धाको विषयमा सवाल उठाएका थिए भने रिपब्लिकनहरूको जिज्ञासा भने फेसबुक, एप्पल, एमेजन तथा गुगलको सूचना व्यवस्थापनको विषयमा केन्द्रित रहेको थियो । संसदीय सुनुवाइलाई नेतृत्व गरेका डेमोक्र्याटतर्फका सांसद ‘डेविड सिसिलिन’ले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानको निश्कर्ष ब्याख्या गरेका थिए ।
उनले फेसबुक, एप्पल, एमेजन तथा गुगलतर्फ इङ्गीत गर्दै भने, “अनलाइन प्लेटफर्महरूले दायरा विस्तार गर्नका निम्ति आफ्नो शक्ति विध्वंसात्मक र हानि पुर्याउने हिसाबले खर्च गरिरहेका छन् भने ती कम्पनीहरूले एकाधिकार कायम गर्न कुनै कसर बाँकी राखेका छैनन ।” भन्दै त्यसप्रति ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिएका थिए । “केही कम्पनीहरु फुट्नुपर्छ र सबैको हकमा उचित रूपमा नियमन आवश्यक रुपमा अघि बढाउनुपर्छ,” पाँच घण्टा लामो सुनुवाइको अन्त्यमा सिसिलिनले भने।
भिडिओ लिङ्कमार्फत् संसदिय सुनुवाइमा उपस्थित भएका गुगलका सुन्दर पिचाई, एप्पलका टिम कूक, फेसबुकका मार्क जुकरबर्ग तथा एमेजनका जेफ बेजोसलाई करिब पाँच घण्टासम्म सरोकारका विषयहरुमा प्रश्नोत्तर गरिएको थियो । त्यसका क्रमम चारै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) हरुले आफ्ना कम्पनीहरुले कुनैपनि किसिमका गैरकानूनी कार्य नगरेको तथा कुनैपनि गैरकानूनी प्रविधिगत कार्यमा संलग्न नरहेको उस्ताउस्तै जवाफ दिएका थिए । उनीहरूले कम्पनीको अमेरिकी उत्पत्ति एवम् मूल्य-मान्यतामाथि जोड दिए ।
सुनुवाइका क्रममा सांसदहरूले गुगललाई एउटा अत्यन्तै संवेदनशील विषयमा आरोप लगाएको थियो । उनीहरुका अनुसार गुगलले आफ्नो वेबसाइटमा प्रयोगकर्ताहरूलाई अल्झाइराख्न ‘एल्प’जस्ता साना कम्पनीद्वारा तयार पारिएका विषयवस्तु चोरेको आरोप समेत लगाए ।
वेबसाइटमा एमेजनका विक्रेताहरूको व्यवहार इन्स्टाग्रामजस्ता प्रतिस्पर्धीको स्वामित्व फेसबुकले खरिद गरेको र एप्पलको ‘एप स्टोर’ लगायतका विषयहरुमा सांसदहरूको विशेष चाँसो थियो ।