‘RayZR १२५ एफआई’मा सरर


बढ्दो १२५ सीसी स्कुटर प्रिमियम बजारलाई मध्यनजर गर्दै यामाहा नेपालले नयाँ स्पोर्टी स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ र नेपाली बजारका लागि यो स्कुटर प्रविधि तथा डिजाइनमा नविन हुनेछ । नेपाली स्कुटर बजारमा तहल्का मच्चाउन यामाहा तयार देखिन्छ, तपाईंपनि तयार रहनुस् ।

के छ यसको विशेषता?
नयाँ स्कुटर १२५ सीसीको हुनेछ र यो अझ बढी शक्तिशाली हुनेछ । यसमा बीएस-६ कम्प्लायन्ट इन्जिन हुनेछ जुन पछिल्लो उत्सर्जन मापदण्ड अनुरुपको छ । यसमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि हुनेछ ।

बीएस-६ र एफआई भएको नयाँ स्पोर्टी स्कुटर ल्याउँदै यामाहा

नेपालमा बीएस-६ युक्त दुईपाँग्रे अन्य कुनै ब्राण्डमा छ?
भारतमा विगत ३ महिनादेखि बीएस-६ मापदण्ड अनिवार्य लागू भए पनि नेपालमा अन्य प्रतिस्पर्धी ब्रान्डहरुले हालसम्म बीएस-६ मा आधारित कुनै मोटरसाइकल वा स्कुटर आयात गरेको छैन । यसको ठिक विपरित YAMAHA ले भने नेपालमा बीएस-६ र एफआई प्रविधि भएका मोटरसाइकल र स्कुटर लगातार सार्वजनिक गर्दै आएको छ ।

यसबाट यामाहा नेपाली अटोमोबाइल बजारमा निकै आक्रामक रुपमा प्रस्तुत हुँनेछ भन्ने संकेत हो । यदि कसैले एफआई र बीएस-६ भएका स्कुटर खरिद गर्न चाहन्छ भने बजारमा यामाहा स्कुटरबाहेक अरु कुनै ब्राण्ड विकल्प छैन ।

स्पोर्टी र आकर्षक डिजाइन
यो नयाँ स्कुटर पनि यामाहाको डीएनए अनुरुप स्पोर्टी र आकर्षक डिजाइनमैं तयार पारिएको छ । युनिजेण्डर परिकल्पनाका साथ तयार तयार गरिएको यो स्कुटर स्पोर्टि लूकको यसको डिजाइन युवाहरु गज्जबको छ ।

स्रोतका अनुसार यामाहाले रेजीआर १२५ एफआई हालसालै विश्वमा भित्रिएको नविन प्रविधि हो । नेपालमै पहिलो पटक भच्र्युअल लन्च मार्फत असोजको पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको बुझिन्छ । वास्तवमा यस्तो लन्च नेपालमै पहिलो पटक हुने भएकाले हेर्नलायकको हुनेछ ।


Loading comments...