मलेसियामा २० हजार भन्दा धेरै कामदारले रोजगारी गुमाए: अध्यक्ष हरि भट्टराई (एनआरएन मलेसिया)


मलेसिया, २६ भाद्र, २०७७ । नेपालीहरुको प्रमुख एक गन्तव्य बनेको मलेशिया २० हजार भन्दा धेरै नेपालीहरु बेरोजगार भएको कुरा एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले बताएका छन् ।

वैदेशिक रोजगार पत्रकार समाज र हाम्रो सम्मान परियोजनाको समन्वयमा वैदेशिक रोजगारमा रहेको कामदारको अवस्थाको वेविनार कार्यक्रममा बोल्दै उनले २० देखि ३० प्रतिशत नेपालीहरुले रोजगार गुमाएको बताएका हुन् । मलेसियामा लकडाउन अगावै टिकट काटेर नेपाल फर्कन तयार भएका नेपालीहरु झनै समस्यामा परेको समेत बताएका छन् ।

कोरोनाको कारण धेरै समस्यमा परेको भएतापनि नेपाल फर्कन चाहे पनि पैसाको समस्याले गर्दा नेपाल फर्कन गाह्रो परेको जानकारी दिए ।

वेबिनारमा एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले बोल्नुभएको भिडियोको पुरा भाग हेर्नुहोस्ः


Loading comments...