बंगलादेशमा कोरोनाभाइरसको चिनियाँ खोपको परिक्षण अनिश्चित


एजेन्सी । बंगलादेशमा निकै नै प्रचार गरिएको कोरोनाभाइरसको चिनियाँ खोपको सामूहिक परिक्षण अनिश्चित बनेको छ । चिनियाँ औषधि निर्माता सिनोवाक बायोटेक लिमिटेडले बाङ्लादेशसङ्ग परिक्षणको लागि आंशिक लगानी गर्नुपर्ने शर्त राखेपछि सो परिक्षण नहुन सक्ने पनि सम्भावना बढेको छ । सिनोवाक बायोटेक लिमिटेडले सेप्टेम्बर २४ मा बंगलादेशलाई लेखेको एक पत्रमा रकम प्रदान नगरेसम्म परीक्षण कार्य अगाडी बढाउन नसकिने बताएको छ ।

बेइजिङको खोप कम्पनीले यो पत्र अन्तराष्ट्रिय केन्द्र डायरियल रोग अनुसंधान, बंगलादेशलाई पठाएको छ । “उनीहरू [सिनोवाक] ले हामीलाई सूचित गरेको छ कि यदि हामी पनि लगानी गर्‍यौं भने मात्र उनीहरू परिक्षण अगाडी बढाउन समर्थ हुनेछ । हामी प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि निर्णय लिनेछौं,” स्वास्थ्य सेवा विभागका सचिव अब्दुल मन्नान भने ।

“हामी सिनोवाकमा निर्भर छैनौं ।” सरकार खोपको विकास भएपछि अन्य उपायहरू खोज्दैछ, “मन्नानले थपे । स्थानीय मिडिया डेनो स्टारका अनुसार सिनोभ्याकले पत्रमा कति फन्डको आवश्यकता पर्छ र अन्तिम समयमा किन उनले फन्ड खोजिरहेको छ भनेर उल्लेख गरिएको छैन ।

तसर्थ चीनले सुरू सुरूमा बंगालदेशलाइ निःशुल्क खाेप दिने गरी प्रचारबाजी गर्याे । र अहिले आएर पैसा माग्न थालेपछि त्यहाँकाे सरकारले अन्य विकल्प तिर लागेकाे छ ।


Loading comments...