नेपग्याजमको स्टेजमा कमेडी किङ “मनोज गजुरेल” को ‘ठाडै ठट्टा’
लोकप्रिय स्ट्याण्डअप कमेडी (Stand-UP) समूह नेपग्याजम (Nep-Gasm) ले मूर्दन्य हास्य कलाकार मनोज गजुरेललाई आफ्नो स्टेजमार्फत अतिथी प्रस्तोताको रुपमा सार्वजनिक गरेको छ । नयाँलाई अवसर र ठूलालाई सम्मानको परम्परा अनुसार यस अघि यस मञ्चबाट चर्चित कमेडियन जितु नेपालले पनि प्रस्तुती दिईसक्नुभएको छ ।
नेपाली हास्यव्यङ्य अनुरागीहरुले अत्याधिक रुचाएका कलाकार गजुरेलले अतिथी स्ट्याण्डअप कमेडीयनको रुपमा नयाँ पुस्ताका कलाकारहरुलाई हौसलाका लागि प्रस्तुती दिएका हुन् । नेपग्याजमको स्टेजमा कलाकार गजुरेलले कलाकारिताको प्रारम्भिक समयमा गरेको संघर्षको समयदेखि संयुक्त अधिराज्य अमेरिकामा प्रस्तुत गरिएका हास्य-व्यंग्य कार्यक्रमहरुका रमाइला प्रसङहरु समेटेका छन् ।
हास्य व्यंग्य आफैमा उर्जा र चेतनाको एउटा प्रभावकारी माध्यम हो । समाजका कुरीति, राजनीति तथा नीतिले जनतालाई झुक्याउन खोज्नेहरुको पाप्रो पाप्रो उक्याउने पात्र हुन हास्य कलाकार । सामाजिक चेतनाले मनोरञ्जनको माध्ययमहरुमा फरक फरक विधाहरुको अन्वेशण गर्ने क्रममा विकास भएको हास्य-व्यंग्य विधा आजको यस आधूनिक यूगमा ‘वाच डग’ बनेर कुसंस्कारहरुका विरुद्ध प्रभावकारी एैनाको रुपमा विश्वभर रुचाईन्छ । नबोलेरै धेरै बोल्नसक्ने कलाको माध्ययम पनि हो हास्य-व्यंग्य ।
देशको विभिन्न राजनीतिक, सामाजिक, आर्थिक तथा देशसँग जोडिएका विदेशी मुद्दा तथा घटनाहरुलाई सचेतकको रुपमा विगत ३ दशक भन्दा बढि समयदेखि देश विदेशका हज्जारौं स्टेजमार्फत् नीतिलाई, राज्यलाई तथा देश विदेशलाई हास्य सामाग्री मार्फत् जनताको मन जित्न सफल कलाकार गजुरेलको प्रस्तुतीमा बढी देश बोल्छ, वास्तविकता बोल्छ तथा जनताको दैनिकि बोल्दछ ।
नेपग्याजम कमेडीको आधिकारीक युट्यूब च्यानलमार्फत सार्वजनिक सामाग्रीमा उनले एउटा अर्थपूर्ण वाक्य बोलेका छन् “म पहिला राजनीतिज्ञ थिएँ, मान्छे भने भर्खरै बने” । वर्तमान राजनीतिक पुस्ता प्रतिको आक्रोश र निराशाको एउटा कथा एक लाइनमा ब्याख्या गरेको छ उनको यो छोटो वाक्यले ।
पूरा भिडियो यहाँ हेर्नुहोस्ः