भारतीय राष्ट्रपति र नेपालका राष्ट्रपतिबीच टेलिफोन वार्ता
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ।
हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति मुर्मुले राष्ट्रपति पौडेललाई फोन गरी नेपालको राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई दिनुभएको थियो ।
भारतका माननीय राष्ट्रपति द्रौपदी मुर्मूले नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग टेलिफोन वार्ता गर्नुभयो ।वहाँले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा पौडेललाई बधाई दिनुका साथै नेपाल-भारतबीचको विशिष्ट सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे छलफल गर्नुभयो । https://t.co/fSRTpc7GJv https://t.co/fla7932KIT
— IndiaInNepal (@IndiaInNepal) March 17, 2023
संवादको क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीचको अनुपम र बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्नुभएको थियो । वहाहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र हाम्रा दुई देशका जनताबीचको मित्रताको बलियो बन्धनलाई थप सुदृढ गर्ने उपायहरूबारे पनि छलफल गर्नुभयो।
राष्ट्रपति पौडेलको नेतृत्वमा भारत–नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने भारतीय राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभयो ।