प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीद्वारा हैदराबाद हाउसमा स्वागत


मित्रता एवम् सहकार्यको सम्बन्ध प्रगाढ बनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हैदराबाद हाउसमा स्वागत गर्नुभएको छ ।

४ दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड हिजो नेपालबाट दिल्लिका लागि प्रस्थान गर्नुभएको थियो । आज दुबै प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार आज हुने वार्तामा विशेषगरि ऊर्जा तथा व्यापार सहयोगका मुद्दाहरुमा केन्द्रित रहनेछ । प्रधानमन्त्री प्रचण्ड ले गत डिसेम्बर २०२२ मा प्रधानमन्त्री पदको तेस्रो कार्यकाल सम्हालेपछिको यो उनको पहिलो द्विपक्षीय विदेश यात्रा हो ।


Loading comments...