
नेपाल Vs हङकङ – फाईनल LIVE
२४ असार २०७६, मंगलवार ०८:५१
मलेशियामा भईरहेको ACC EASTERN REGION U19 को फाईनलमा हङकङको विरुद्ध नेपाल अहिले टस जितेर बलिङ गरीरहेको छ । सेमिफाईनलमा आयोजक देश मलेशियालाई ७ विकेटले पराजित गरेको थियो । उता अर्को सेमिफाईनलमा ९ विकेटको क्षतिमा हङकङले दिएको २४८ रन पछ्याउन आएको सिङ्गापुर २८.३ ओभरमा ५ विकेट गुमाउँदै DLS अन्तर्गत ५१ रनले पराजित भयो ।
फाईनलमा छनौट हुने महत्वपूर्ण खेलमा यस सिरिजमा अविजित रहेको नेपाल विरुद्ध मलेशिया कुनैपनि समय नेपाली बलरहरुका सामू स्थिर रहन सकेनन् । ४०.५ ओभर खेल्दै मलेशियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमैं केवल ३ विकेटको क्षतिमा ९० रन जोड्दै बिजयी भएको थियो । समूह विजेता नेपालले यस अघिका सबै खेलहरुमा उत्कृष्ट नतिजा निकाल्दै अविजित रहेको छ । पहिलो खेलमा १० विकेटले चिनलाई पराजित गरेको नेपालले २१७ रनको ठूलो अन्तरले सिङ्गापुरलाई पराजित गरेको थियो ।
ACC EASTERN REGION U19 नेपाल Vs हङ्कङ फाईनल LIVE
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार