Lifestyle Portal
  •   १२ चैत्र २०७९, आईतवार

विलियमसनले गरे धोनीको बचाउ

२६ असार २०७६, बिहीबार १४:४७

लोकप्रिय

न्यूजिल्याण्डले पस्किएको २४० रनको लक्ष्य चुम्न लागि बुधबार जब भारतीय खेलाडी ब्याटिङका गर्न थाले तब पाँच रनमा नै तीन विकेट यसरी झर्यो लाग्थ्यो तासको महलबाट एक एक पत्ता खसीरहेका छन् । सातौं विकेटमा धोनी र जडेजाको ११६ रनको साझेदारी अघि भारतको ९२ रनमा ६ विकेट झरीसकेको यो खेल विश्वकप ईतिहासमा भारतले बिर्षनयोग्य छाप छाडेर गयो । जडेजा र धोनीको जोडीले भारतको जितको आशा जगाएका थिए जसमा जडेजाले ५९ बलमा ७७ रनको शानदार पारी खेले जबकि धोनीले विकेट बचाइराखे तर उनको पारी गतिशिल रहन सकेन । सुस्त खेल पस्किएका उनले ७२ बलमा ५० रन बनाए ।

न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले भारतका पूर्व क्रिकेट कप्तान एवं विकेट किपर महेन्द्र सिंह धोनीको बचाउ गरेका छन् । भारत विश्वकपको रेसबाट बाहिरिएपछि सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध धोनीको खेलको चौतफी आलोचना भइरहेको छ । न्यूजिल्याण्डले बुधबार म्यान्चेस्टरको ओल्ड ट्रेफर्ड मैदानमा सेमिफाइनलको रोमाञ्चक खेलमा भारतलाई १८ रनले हराएर लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

भारतले अन्तिम १४ बलमा ३२ रन बनाउनु थियो तर त्यस्तो हुन सकेन । हारपछि एकपटक पुनः धोनीको आलोचना हुनथाल्यो र उनले लक्ष्यको हिसाबले आफ्नो पारीलाई तीब्र नपारेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । धोनीको विषयमा भारतका कप्तान विराट कोहली र न्यूजिल्याण्डका कप्तान विलियम्सन दुबैलाई प्रश्न सोधियो । न्यूजिल्याण्डका कप्तान केन विलियम्सनलाई यदि उनी भारतका कप्तान भएको भए धोनीलाई टिममा राख्थे भनेर प्रश्न सोधियो, उनले हाँस्दै जवाफ दिए, ‘उनी न्यूजिल्याण्डका लागि खेल्न सक्दैनन्, तर उनी विश्व स्तरीय खेलाडी हुन् ।’

पत्रकारले भारतका कप्तान भएको भए नि भन्दै आफ्नो प्रश्न पुनः दोहोराए । यसमा विलियम्सनले भने, ‘पक्कै पनि, उनको अनुभव महत्वपूर्ण समयमा निकै काम लाग्छ । उनको योगदान आज वा भोलि सधैं रहनेछ । जडेजासँग उनको साझेदारी निकै राम्रो रह्यो । धोनी अन्तर्राष्ट्रिय स्तरका क्रिकेटर हुन् । के उनी नागरिकता फेर्नेबारे विचार गरिरहेका होलान् ? यदि यस्तो हो भने हामी उनको चयनमा विचार गर्नेछौं ।’

धोनीको आलोचना ग्रुप स्टेजको म्याचमा पनि उनको आक्रामकताको विषयमा भइरहेको थियो । विशेष गरी इंगल्याण्डबाट पाएको हारपछि धोनी निशानामा थिए । तर विलियम्स मान्छन् कि धोनी विश्वकपमा खेल्न लायक विश्वस्तरीय खेलाडी हुन् । उनले भने, ‘हामीले विभिन्न समयमा धोनीले अन्तिममा खेललाई आफूतर्फ मोडेको देखेका छौं । यो निकै मुश्किल विकेट थियो त्यसकारण कुनै पनि हालतमा सजिलो थिएन ।’

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा