
BREAKING बेलायत बन्यो विश्वकप क्रिकेटको नयाँ विश्व विजेता
३० असार २०७६, सोमबार ००:५६
विश्वकप क्रिकेटको १२ औं श्रृंखलाले नयाँ विश्व बिजेता भर्खरै प्राप्त गरेको छ । दुवै देशले खेलेको १०० ओभरमा खेल बराबरी भएपछि खेल नतिजाका लागि सुपर ओभरमा गएको खेलमा बेलायतले पस्किएको १६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले अन्तिम् बलमा खेल गुमाएको छ ।
क्रिकेटको जन्मदाता बेलायतले अन्तत आफ्नो खेलको ठूलो उपाधि चुम्न सफल भएको छ । भर्खरै सम्पन्न यस दूर्लभ नतिजामा बेलायतले न्यूजिल्याण्डलाइ रनले हराउँदै सन् १९७५ बाट प्रारम्भ भएको विश्वकप क्रिकेटको इतिहासमा पहिलोपटक विश्वकपको ट्रफि उचाल्न सफल भएको छ । दूर्लभ नतिजा किन भने विश्वकपको आजको फाइनलमा जित्ने दुवै देशमध्ये जसले जितेपनि पहिलोपटक जित्नेथियो ।
टस जितेर ब्याटिङकालागि ओर्लिएको न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रनमात्र जोड्न सक्यो । कसिलो बलिङ र फिल्डिङ पस्किएको न्यूजिल्याण्डसंगको रोमाञ्चक खेलमा अन्तत बाजी मार्यो बेलायतले ।
सन् १९७९, १९८७ तथा १९९२ गरी तीन पटक फाइनलमा पुगेर पनि बेलायतको ट्रफि चुम्ने सपना पुरा भएको थिएन । सन् १९९२ को फाइनल खेल नै बेलायति क्रिकेट टोलीको फाइनलमा अन्तिम् अनुभव थियो जसमा वर्तमान पाकिस्तानि प्रधानमन्त्री इमरान खानले नेतृत्व गरेको पाकिस्तानले २२ रनको अन्तरले बेलायतलाइ पराजित गरेको थियो ।
२७ वर्ष लाग्यो बेलायतलाइ विश्वकप क्रिकेटको फाइनलमा पुग्न । साविक विजेता अष्ट्रेलियालाइ ८ विकेटले पराजित गर्दै चौथो पटक विश्वकपको फाइनलमा पुग्न सफल बेलायत घरमैं अर्थात एैतिहासिक लर्ड्सको मैदानमा आज भएको विश्वकप क्रिकेट २०१९ को फाइनलमा न्यूजील्याण्डलाइ कसिलो बलिङको मद्दतमा ८ विकेट निकाल्दै केवल २४१ रन मात्र बनाउन दियो ।
यस्तै अर्कोतर्फ न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको भने यो लगातार दोश्रो पटक हो । सन् २०१५ को विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाद्वारा ७ विकेटले पराजित न्यूजिल्याण्डको यस पटक सामना आयोजक देश बेलायतसंग भयो । न्यूजिल्याण्डले २९ रनमै आफ्रनो ओपनिङ स्टार मार्टिन गुप्टिललाइ गुमाएको थियो । भने बेलायतको ब्याटिङक्रम पनि उस्तै रह्यो जम्मा २८ रन जोडेको बेलायतले जे रोयलाइ उनको व्यक्तिगत १७ रनको स्कोरमा माट हेनरीले टम लेथममार्फत् क्याच आउट गराउन सफल भएका थिए ।
मध्यक्रमका बेलायति ब्याट्सम्यानद्वय बेन स्ट्रोक्स तथा जोस बटलरको सम्हालीएको साझेदारी नै बेलायतको जितको कारण बन्यो । सुपर ओभरमा जानु अघि स्ट्रोक्सले ९८ बल खेल्दै ८४ रन बनाए भने बटलरले ६० बल खेल्दै ५९ रन जोडेर फर्गुसनको बलमा सब्सिच्यूट खेलाडी टिम साउदीबाट क्याच आउट भएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले