Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

पानी सफा देखिँदैमा शुद्ध हुँदैन, पानी शुद्धिकरण उपायहरु

३० असार २०७६, सोमबार ११:१३

लोकप्रिय

यसपालीको बर्खाले सबैलाई रुल्लटुल्ल बनायो, बाढीपहिरोको प्रकोप अत्यन्त धरै भयो । बादलहरु पागल भएजस्तो भान हुन्छ जब बर्खाले थामिने नामै लिँदैन । के खहरे, के पहरे अनि के दोभान, त्रिवेणी र सप्तसती खोलाहरु, सबै तिर पानीको बहाव ज्यादै छ । पानी छताछुल्ल छ अनि छताछुल्ल छ नेपाली भुभाग । मृतकहरुको चिरशान्तिको कामना अनि शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने क्षमता होस् ।
बाढिपहिरोको यो प्रकोपसंगै अशुद्ध पानी र असुरक्षित बसाईले अन्य प्रकोपहरु ल्याउन सक्ने संभावना रहन्छ । प्राकृतिक बिपत्ति आएपछिको परिवेशमा सुरक्षित र संयमित हुन जरुरी छ । बिशेषतः बाढिपहिरो पछि शुद्ध पानीको अभावमा झाडापखाला, मलेरिया, टाइफाइड आदिजस्ता रोगहरुको प्रकोप र सर्पदंशको डर रहन्छ तसर्थ शुद्ध पानी र बाससस्थानको व्यबस्था जरुरी छ ।

शुद्ध पानीको सेवन गर्न नसकिएमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस आदि थुप्रै रोगहरु लाग्न सक्छन्, महामारीनै फैलिन सक्दछ ।
शुद्ध पानीको सेवन अत्यन्त जरुरी छ र उत्तिकै जरुरी छ सरल पानी शुद्ध गर्ने तरिकाहरु जान्नलाई, आउनुहोस् आज पानी शुद्ध गर्ने सरल तरिकाहरुका बारे छलफल गरौं ।

सामान्यतया हेर्दां सफा पानी देखिएमा या अरुबेला पानी खाइरहेको कल, पम्प, धारा, कुँवा आदिबाट बाढिपहिरोपछि पनि हामी पानी पिइदिन्छौ जुन गलत हो । हामीहरु सबैलाई पानीलाई उमालेर सेवन गर्नुपर्दछ भन्ने पनि थाहा छ तर दाउरा या इन्धनको कमी, आगो बाल्न अफ्ठेरो र झन्झट मानेर पानीलाई त्यसै सेवन गर्दछौं अनि हेलचेक्राई गर्दछौं, यो झन गलत हो ।

बाढिले पानीका मुहान र श्रोतहरु समेत दुषीत पारेको हुनसक्दछ तसर्थ झुक्कीएर पनि पानी त्यसै सेवन गर्न हुँदैन, चर्पीको व्यबस्थित प्रयोग गर्नपर्दछ र मृत जनावरहरुलाई सकेसम्म छिटै माटोमुनी गाडिदिनु उचित हुन्छ ।

अकोतर्फ पानी शुद्ध गर्नकालागि हामी सामान्य कपडाका टुक्राहरु राखेर पानीलाई छानेकै भरमा शुद्ध मानेर सेवन गर्ने चलन पनि छ , यसरी पानी शुद्ध गर्ने चलन र यसको प्रभाव अत्यन्त बिषयगत छ । कपडाको प्रकार, भाँडाको सफाई आदि बिभिन्न कुराहरु यसैसँग जोडिएर आँउदछन् । बगंलादेशमा गरिएको एउटा अध्ययनमा नाइलनका कपडाहरु अरु कपडाका तुलनामा झाडापखालाका जिवाणु छान्न तुलनात्मक रुपमा सक्षम पाइएतापनि हामी नेपालमा भनें यस बिधीको अवलम्बन नगर्न सल्लाह दिदैछौं, स्वास्थ्यमा संझौता राम्रो हैन । फेरि पानी सफा दुखिँदैमा शुद्ध छ भन्ने पनि त छैन ।

पानी शुद्धिकरणका सरल तरिकाहरु

पहिलो तरिका हो सोडिस, यसमा पहिले वोतललाई सफागर्ने र यसरी सफा गर्दा बाहिरी लेबल पनि उक्काउन जरुरी छ ताकी बाहिरबाटै स्पष्टसँग भित्र पानी देखियोस् । बोतल राम्रो सँग सफा गरिसकेपछि त्यस्मा खानेपानी हालेर भरिएको बोतललाई सुर्यको किरणपर्ने गरि कम्तिमा ७ घन्टा ढल्काएर राख्ने । यदि घाम नलागेमा २ दिनसम्म घाममा राख्ने र यसो गरेमा पानी सेवन गर्नकालागि शुद्ध हुन्छ ।

पानीलाई उमालेर सफागर्ने विधी । तातो हुँदैमा पानी शुद्ध भएको हुँदैन तसर्थ पानीलाई भकभकी १०० डिग्री सेक्सियस भन्दा बढी तापमा उमाल्ने अनि चिसो भएपछि पिउन शुद्ध र सफा हुन्छ ।

फिल्टरबाट सफागर्ने विधी । सरल रुपमा फिल्टरमा पानी हाल्ने र छानिएर आएको पानी सेवन योग्य हुन्छ । सकेसम्म फिल्टर गरिसकेपछि पनि पानीलाई एकफेर उमालेर सेवन गरेमा जोखिनको मात्रा न्यून हुन्छ । समयसमयमा फिल्टरको भाँडा र क्याण्डल सफागर्न जरुरी हुन्छ ।

र अर्को विधी चाँही बजारमा किन्न पाउने क्लोरीन झोललाई पानीमा हालेर शुद्धपार्ने बिधी हो, यसरी पियुष, वाटरगार्डजस्ता क्लोरीन झोल प्रयोग गर्दा तिनका वट्टामा लेखिएका निर्देशिकाहरु मज्जाले पढेर त्यहि अनुसार प्रयोग गर्न सकिन्छ ।

पानीलाई शुद्ध गर्ने अर्को तरिकामा आयोडिनका थोपा या चक्कीको प्रयोग गरेर पनि पानी शुद्ध गर्न सकिन्छ । आवश्यक्ता अनुसार र पानीको मात्रा र धमिलोपनाको आधारमा आयोडिनका थोपा या चक्कीहरु हालेर पिउन सकिन्छ । यसरी शुद्ध गर्दा आयोडिन हालेको केही समय लगभग आधा देखि एक घन्टा पछिमात्र पानीसेवन गर्नुपर्दछ । त्यस्तै हामीसँग भएको व्लीचलाई पनि आयोडिन जस्तै हालेर पानी शुद्ध पार्नसकिन्छ ।

सामान्यतया एकलिटर पानीलाई ५ थोपा व्लीच र सोही मात्रामा आयोडिन को प्रयोग गर्न सकिने बताइन्छ ।
पानी हाम्रो आवश्यक्ता र बिकल्प दुबै हो, सफा देखिँदैमा पानी शुद्ध हुँदैन् ।
शुद्ध पानी प्रयोग गरौं र यो बिपत्तिसंग जुझ्न तैयार बनौं ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा