Lifestyle Portal
  •   २२ जेष्ठ २०८०, सोमबार

नइ भावि पुरस्कार स्थापना

३१ असार २०७६, मंगलवार ०८:२१


नइ प्रकाशनले समाजसेवीद्वय भागीरथा प्रसाई र विष्णुभक्त प्रसाईका सम्मानमा “नइ भावि पुरस्कार” को स्थापना गरेको छ ।

एक लाख रूपियाँ राशिको “नइ भावि पुरस्कार” विज्ञान तथा प्रविधिक्षेत्रमा उत्कृष्ट योगदान दिने एक जना प्रसिद्ध व्यक्तित्वलाई ताम्रपत्रका साथ हरेक वर्ष प्रदान गरिने छ ।

विष्णुभक्त प्रसाईले नइ प्रकाशनको अक्षयकोषका लागि बाह्र लाख रूपियाँ प्रदान गर्नु भएको छ ।

स्मरणरहोस् प्रसाईले २०१६ सालमा तेह्रथुमको आठराई सक्रान्ति बजारमा सर्वप्रथम कम्युनिष्ट पार्टीको झण्डा गाड्नु भएको थियो । साथै २०२९ सालको झापा आन्दोलनका प्रमुख पात्रमध्येका शिवप्रसाद शिवाकोटी र रामनाथ दाहालको सहयोगीका रूपमा उहाँले काम गर्नु भएको थियो ।

नइ प्रकाशनमा २९ वटा पुरस्कार रहेका छन् । यस संस्थाको अक्षयकोषमा दुई करोड पैंतालीस लाख रूपियाँ रहेको छ ।

नइ प्रकाशन सामुदायिक रूपमा परिचालित गैरराजनीतिक संस्था हो ।


नरेन्द्रराज प्रसाई
सदस्यसचिव
नइ प्रकाशन

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

हो- इन्जिनियर शङ्कर गिरीले जीवनभरी साहित्यको ‘स’ पनि लेखेनन्, तर साहित्यमा उनी पिएच्डीका पात्र भइसकेका छन् । कारण के हो