Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

दलाई लामाको महिला अवतार संभव छ ?

४ श्रावण २०७६, शनिबार ०८:१५


ल्हामो थोण्डुप अर्थात अहिलेका १४ औं दलाई लामा , बिश्व मानचित्रमा शान्तिका अग्रदुतका रुपमा उन्का भक्त अनि अनुयायीहरु बिश्वभर धेरै छन् । दलाई लामा लाई लैगिंक बिभेदी शरवदावली र धारणाको प्रयोग गरेको आरोपहरु आजभोली निकै लाग्न थालेको छ । आउनुहो्ि आज यसै बिषयमा खोज र अध्ययन गरेर हामीले यो बनाएको सामाग्रीको शुरुवात गरौं ।

सन् १९९२ मा भोग पेरिस नामक म्यागजीनका एडिटरले दलाई लामालाई प्रश्न गरिन्, महिला दलाई लामाको संभावनाका बारेमा  प्रश्न गरेको थियो । हँसिलो तवरमा दलाई लामाले महिला दलाई लामाको संभावना स्वीकार गर्दै उनी देख्दा राम्री हुनुपर्ने तर्क व्यक्त गरे, अहिलेपनि दलाई लामालाई यस अन्र्तवार्ताको बिषयमा निकै आक्षेपहरु लगाइएको छ । धर्मगुरु र शान्तिदुत हुन राम्री हुनपर्ने या राम्रा मान्छेमात्र गुरु हुन पाउने या महिला हुने बित्तिकै हेर्दा राम्री हुनुपर्ने भन्ने बिषयमा सामाजिक सञ्जालमा निकै आक्षेपहरु पाइन्छन् ।

फेरि सन् २०१४ मा द ल्यारी किगं शो मा दलाई लामालाई सन् १९९२ को अन्र्तवार्ताको पूनरावलोकन गराइयो, यस अनर्तवार्तामा त दलाई लामाले मुख नै बिगारेर आफु महिला भएको भए कति नराम्रो देखिने रहेछु भनेंर देखाए । यस बिषयलाई पनि दर्शक र अनुयायीहरुले सहजताका रुपमा लिएनन ।

सन् २०१५ मा बिबिसी संगको अन्र्तवार्तामा पनि दलाई लामाले महिला दलाई लामा देख्दा आकर्षक नभएमा उति प्रभावकारी नहुने भनि बताए । दलाई लामा अति सरल र ब्यबहारीक अनि हसिलो वक्ता हुन तसर्थ यिनका ससाना कुराहरुलाई मुद्धा नबनाउने एउटा ठूलै मजात छ तथापि केहि आक्षेपहरु दलाई लामा प्रति निकै आउने गरेको पाइन्छ । दलाई लामाले आफ्नो १४ औं अवतार नै अन्तिम रहने पनि बताइसकेका छन् । सन् २०१९ मा हालसालै दलाई लामाको एउटा अन्र्तवार्तामा यिनले मानिसको फेस भ्यालुको कुरा गरेका छन्, महिला दलाई लामा देख्दा आकर्षक नभएमा उति प्रभावकारी नहुने सन् १९९२ को तर्क दलाई लामाले फेरि दोहोर्याएका छन् । यसलाई मजाकका रुपमा लिने या नलिने भन्ने कुरामा निकै तर्क अनि बितर्क भइरहेका छन् । तथापि प्रेम, समानता, सम्पूर्णता अनि अध्यात्मका ब्यबहारीक ज्ञान दिने गुरुका यि वक्तव्यहरुले धेरैको दिलमा चोट पूर्याएको भनें पाइन्छ । यस विषयमा दलाई लामाको आधिकारिक वेबसाइटले अन्जानमा चोट पुग्न गएका सबैमा क्षमायाचना गरेको सन्देश पनि प्रेषित गरेको पाइन्छ ।

पछिल्ला ६० वर्षहरुदेखि दलाई लामा भारतमा शरणार्थीका हैसियत बसिरहेका छन्, भारत धर्मशालामा तिव्वती शरणार्थीको सरकार संरचना स्थापना हुनु र विश्व शान्तिका सन्देश र वक्तव्यका लागि दलाई लामाको उल्लेखनिय योगदान छ । पछिल्ला दिनमा यूरोपमा भएका शरणार्थीहरुका बिषयमा दलाई लामाको वक्तव्यका बिषयमा पनि निकै हाँस्यास्पद तर्कहरु आइरहेका छन्, यस विषयमा हामी पछि लेख्ने छौं । आजभोली आफ्ना वक्तव्य र भनाई प्रति दलाई लामा निकै विवादमा तानिन थालेका छन् । दलाई लामा विश्वका जिवित र ब्यबहारीक गुरुहरु मध्य सर्वाधिक चर्चा र खोजिमा रहेका गुरु हुन् ।

सुयोग ढकाल
लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,