Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

मोरङमा खेत जोत्दै गर्दा चट्याङले एककाे मृत्यु

७ श्रावण २०७६, मंगलवार १३:०१


खेत जोत्दै गरेको अवस्थामा चट्याङ लागेर मोरङको धनपालथान गाउँपालिका–३ सोराभागका ५० वर्षीय श्याम मण्डलको सोमबार घटनास्थलमै मृत्यु भएको छ ।
घरदेखि लगभग दुई सय मिटर पर जोत्दै गरेको अवस्थामा परेको चट्याङ्ले उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीका अनुसार मण्डल धान रोप्नका लागि खेत हिल्याउँदै थिए । चट्याङले खेत जोत्दै गरेका एक हरु गोरु पनि मरेका छन् । मण्डलको शव जिल्ला अस्पताल रंगेलीमा पोस्टमार्टम गरेर परिवारका सदस्यको जिम्मा लगाइएको छ ।

त्यस्तै चट्याङले लागेर मोरङकै सुनवर्षी नगरपालिका–९ पार्वती टोलकी २८ वर्षीय लक्ष्मीदेवी केविरथ घाइते भएकी छन् । आफ्नै घरमा बसिरहेका बेला चट्याङले लागेर घाइते भएकी उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । युवतीको चट्याङले कान र टाउकोमा चोट लागेको छ । चट्याङले स्थानीय श्रवण सहनीको विद्युत मिटर बक्समा पनि क्षति गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,