यसकारण खान हुँदैन पत्रिकामा राखेर खानेकुरा


पत्रिका पढिसकेपछि धेरै प्रयोग हुने बाटाहरु छन्, ति पूर्नप्रयोगमा मुख्य प्रयोग भनें खानेकुरा राख्न र खानका लागि गरिन्छ । सहजै उपलव्ध हुने र सजिलै सुख्खा र तारेका खानेकुराहरु राखेर खान मिल्ने पत्रिकाको यो प्रयोग भनें निकै जोखिमपूर्ण र खतरायूक्त हुने देखिएको छ ।

तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि पत्रिकामा ती चीज राख्ने गरिन्छ । तर एउटा कुन कुरा हामीले कहिल्यै भुल्नु हुन्नु भने, पत्रिकामा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण मानिन्छ । यो अभ्यासलाई रोक्न हाम्रो मुलुकमा कुनै कानुनी व्यवस्था गरिएको नपाइए पनि भारतमा त्यहाँको सरकार यसप्रति निकै गम्भीर भएको छ ।

‘भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (ईएफएसएसएआई)’ ले हालै एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका लागि खतरनाक बताउँदै भारतीय नागरिकलाई यसप्रति सचेत गराएको छ ।

पत्रिकालाई थालका रूपमा उपयोग गर्दा क्यान्सर लगायत हुने खतरा बढछ । पेटसम्बन्धी समस्या, उच्च रक्तचाप, मृगौलाको रोग हुने जोखिममा समेत वृद्घि हुन्छ । यस्ता खानेकुराले बालबालिका र बूढापाका बढी प्रभावित हुन्छन्, किनकि उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ ।

पत्रिकामा समाचार वा फोटो छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा डाई, पिग्मेन्टस, अल्कोहल, आइसोब्युटाल फटालेट, प्रिजरभेटिभ, ग्रेफाइट, डाइएन आइसोब्युटाइलेट जस्ता रसायन हुन्छन् । यी सबै रसायन निकै खतरनाक हुन्छन् । यिनको थोरै अंशले पनि तपाईंहाम्रो शरीरमा क्यान्सरजस्तो घातक रोग उत्पन्न गर्न सक्छ ।

पत्रिकामा राखिएका खाद्यपदार्थ सेवन गर्दा पाचन प्रणाली पनि प्रभावित हुन्छ । पत्रिकाको मसीमा हुने रसायनले गर्दा हाम्रो पाचन प्रणालीमा प्रतिकूल असर पर्छ ।

अर्को कुरा, पत्रिकामा उपयोग गरिने मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । यसले गर्दा फोक्सो र मूत्राशयको क्यान्सर हुने जोखिम बढ्छ ।

पत्रिकाको मसीमा भएका हानिकारक रसायनहरूले हाम्रो हार्मोनलाई समेत प्रभावित गर्छन् । अनि शरीरको हार्मोन असन्तुलित हुँदा थुप्रै रोगले आक्रमण गर्नेखतरा भइरहन्छ ।

लाइभमाण्डु


Loading comments...