Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

ईन्दिरा गान्धी को हत्याको दिन

२ भाद्र २०७६, सोमबार १७:००

लोकप्रिय

त्यस बिहान ईन्दिरा गान्धी आफ्ना उदेश्यपूर्ण कदमहरु पछि घर बाहिर निस्केकि थिइन् । ३१ अक्टुबर सन् १९८४ को बिहानको कुरा हो । त्यसको एकदिन पछि १ नोभेम्बरको बिहान हरेक भरातीय पत्रिकाको मुख्यपृष्ठमा ईन्दिरा गान्धीको गोली हानेर हत्या भन्ने समाचारले ठाँउ पायो । शिख सुरक्षाकर्मीले छाती र पेटमा गोली हानेर ईन्दिराको हत्या भएको खबर थियो । मृत्यू भन्न्दन केहि घण्टा अगावै ईन्दिराले पूर्वसध्याँमा भुवनेश्वरका एउटा सभालाई जोडदार सम्वोधन गरेकि थिइन् । त्यसै भाषणमा उन्ले भनिन कि मेरो मृत्यू भएमा या मेरो हत्या गरिएमा मेरा शरीरबाट झर्ने हरेक रगतका थोपाले भारतलाई थप उर्जा दिनेछ ।

भारतीय प्रशासनिक सेवाका अधिकृत र ईन्दिरा गान्धीको निजि सचिवालयका निर्देशक वजाहत हबिबुल्लाह पनि त्यसवखत साथै थिए । वजाहत सन् १९८२ वाट ईन्दिराका साथमा थिए र उन्का अनुसार ईन्दिरका भाषणहरु तेरा र तँलाई भन्ने प्रत्यक्ष र निकट अन्दाजमा हुन्थ्यो । भोलीका दिनमा भारतका लागि जे पनि गर्न सक्ने र भारतीय जनतालाई हरेक शप्द र क्रियाहरु समर्पण गर्ने ईन्दिराका भाषणको अन्दाज हुन्थ्यो ।

श्रीनगरको अन्ति भ्रमणका क्रममा ईन्दिराले साधु लक्ष्मणजुलाई भेटिन, साधुका अनुसार त्यसवखत मृत्यू ईन्दिराको अत्यन्त निकट थियो । त्यसवखत श्रीनगरमा एउटा भवनको उद्घाटनका लागि ईन्दिरालाई निमन्त्रणा दिईयो र उनले यदि म ज्यूँदै भएँ भनें पक्का आउनेछु भनी जवाफ दिइन् ।
३१ तारिखको बिहान घमाईलो थियो र अक्टोबर महिना भएकाले जाडो पनि धेरै थियो । अन्र्तवार्ताका लागि बाहिर स्तम्भकार पीटर स्तिनोभ प्रतिक्षामा थिए र त्यसपछि बेलायतका पूर्व प्रधानमन्त्री जेम्स कैलेहनसंग उन्को भेटवार्ता थियो । अन्तत त्यस दिनको रात्रिभोज प्रिन्सेस एनसंग गर्ने कार्यक्रम थियो ।

बिहान अन्र्तवार्ताका लागि ईन्दिरा व्यूटिशियनसंग बसिन र त्यपछि सन् १९६६ देखि नै ईन्दिराको स्वास्थजाँच गर्दै आएका डाक्टर कृष्ण प्रसाद माथुर स्वास्थ जाँच गर्न पुगे । ईन्दिरा हरवखत स्वस्थ र चुस्त रहने डाक्टर कृष्ण माथुरले बताए, अक्सर उनीहरु स्वास्थ जाँचका क्रममा अन्य कुराहरुमा पनि वात मार्थे । रोनल्ड रेगनले अन्तर्वातामा मेकअप गर्न नमानेको कुरामा ईन्दिराले त्यसो हैन रोनल्ड संधै मेकअप गर्छन र साथमा पत्रकारको प्रश्न सहजै त्रुझ्न एयरपीस पनि लगाँउछन् भनेंर भनीन भनी कृष्ण माथुरले बताए ।
शायद ईन्दिरालाई आफ्नो मृत्यूको पूर्व आभाष भइसकेको थियो, चिकित्सक कृष्णसंग शायद म छिटै कुनै दुर्घटनामा मर्छु होला भनी ईन्दिराले भन्ने गर्थिन ।

आफ्नो निवासबाट बिहान ९ बजे ईन्दिरा सफदरगंजको बाटो कार्यलय तर्फ गईन्, प्रहरीबल का साथै अन्य समुह अनि छाता ओढाइएकी ईन्दिरा कार्यलय पुगिन् । कालो पटि भएको केसरिया रंगको सारी, कालो चप्पल र अदम्य साहस ईन्दिरामा त्यस दिन पनि देखियो । काँधमा सदा झैं रातो झोला थियो । त्यस दिन उनले बुलेट प्रुफ ज्याकेट लगाइनन्, अक्सर त्यस ज्याकेट लाउन उनलाई झन्झट लाग्थ्यो ।
गेटमा सुरक्षाकर्मी ईन्सपेक्टर बेअंत सिंह पनि थिए, सिंह पछिल्ला ८ वर्षदेखि प्रधानमन्त्री सुरक्षा दलमा थिए र केहि पटक बिदेश भ्रमणमा पनि साथै गएका थिए । बेअतं भर्खरै ईन्दिरासंग लण्डन पनि गएका थिए ।

अपरेशन ब्लु स्टार पछि केहि समय सिख भएका कारण सिंहलाई सुरक्षा दस्तावाट हटाइएपनि ईन्दिराले पछि फेरि बेअंतलाई बोलाउन लगाइन् । बेअंले ईन्दिरालाई शुरुमा नमस्ते त गरे तर त्यसपछि रिभल्भर उठाएर ईन्दिरामाथि निशाना लगाए । ईन्दिराले बेअंत तिमीले यो के गरेको सम्म चाँही भन्न भ्याईन् । पछाडि पटि अर्का सिपाही सतवंत सिंह थिए, बेअतंले सतवंतलाई गोली चला भनि कराए । अटोमेटिक राइफलले २५ राउड फायर गरे, ईन्दिराको शरीर गोलीले छल्ली भयो । अन्र्तवार्ताका लागि पर्खेका पिटरका अनुसार उन्ले एकैफेर ३ राउण्ड गोली फायर भएको सुनें । त्यसपछि जब अटोमेटिक राइफल चल्न थाल्यो त्यपछि मैले अड्कल काटें कि केहि ठूलै काण्ड भयो, मैले ईन्दिराको बाँच्ने कुनै संभावना नै देखिन् ।

ईन्दिरा पछिल्ला समयमा आफ्नो सुरक्षामा लापरवाह भएको बताइन्छ, उनी अक्सर भन्थिन कि मेरो हत्या गर्न उनीहरु आए भनें कोहि पनि बाँच्दैनन् । सेतो एम्बेसडर कारमा राखेर ईन्दिरालाई अस्पताल लगियो तर त्यसवखतसम्म उनी श्वाँसविहिन भइसकेकी थिइन् ।
तिनमुर्ति भवनमा ईन्दिराको पार्थिव शरीर राखियो, त्यसै भवनमा उन्का पिता जवाहर लाल नेहरुको शाषनकालमा उन्ले १७ वर्ष बिताएकी थिइन् । ईन्दिरा गान्धी अमर रहुन् नारा गुञ्जीयो अनि फेरि पृष्ठभूमिमा अर्को नारा पनि सुनियो, हत्याको बदला हत्यावाटै लिनेछौं ।

सुगारिका घोषको पुस्तक ईन्दिरा भारतको सर्वाधिक शक्तिशाली प्रधानमन्त्रीबाट नेपालीमा अनुवाद
अनुवादः सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा