
मेरा लेन्सले रुचाएका केही तस्विरहरु- निर्मल श्रेष्ठ
निर्मल श्रेष्ठ, भदौ २, काठमाण्डौ । जीवन न हो, मोड मोडमा अनेक थरी रहर पलाउँछन, धेरै त गर्भमै निमोठिएर विलिन हुन्छन, केहीले मात्र फक्रने फुल्ने मौका पाउँछन । मेरा अनेकौं मध्येको एउटा रहर फोटोग्राफी पनि थियो । मलाई लाग्थ्यो, यो सब्बैभन्दा सजिलो काम हो, तर यो त अत्यन्तै सतही बुझाई रहेछ । जबसम्म निर्जिव क्यामरा र सजिव मन एकआपसमा जोडिदैनन तबसम्म फोटोले जिवन नपाउँदोरहेछ, त्यो त केवल फोटो मात्र हुन्छ, ‘सुगन्धविहिन’ । मलाई लाग्छ एउटा सुन्दर तस्विर मनले खिचिन्छ, क्यामरा त फगत एउटा औंजार मात्र हो । सुन्दर दृष्यले सबैको ध्यान खिच्नु स्वभाविक नै हो । तर त्यसलाई क्यामरामा कैद गरी अरुको ध्यान खिच्न सक्नु भने त्यति सहज नरहेछ । लेखनलाई जिवन्त बनाउन फोटोको भूमिका कति महत्वपूर्ण र बलियो हुन्छ, डेढ दसक लामो पत्रकारिता यात्रामा तब थाहा लाग्यो । जब मेरा गुरु फोटो पत्रकार विकास रौनियारलाई हङकङ पत्रकार संघले फोटो पत्रकारिता तालिमका लागि त्यहाँ निम्त्यायो । देश विदेश भ्रमणका क्रममा धेरै फोटोहरु खिच्ने अवसर मिल्यो । त्यसमध्ये केही तस्बिरले आज ‘विश्व फोटोग्राफी दिवस’, का दिन मेरो आफ्नै समेत ध्यान खिच्यो । आज यि तस्बिर इतिहास बनिसके । तर यो वाक्याशं सम्झदा मन हरर हुन्छ ‘इतिहास जो कहिल्यै मर्दैन’।
‘विश्व फोटोग्राफी दिवस’, को सम्पूर्ण फोटोप्रेमीहरूलाई शुभकामना दिदै विभिन्न कालखण्डमा मैले खिचेका केही तस्विरहरू केवल लाईभमाण्डू मार्फत राख्न चाहे !!!



—
तस्विरहरुः निर्मल श्रेष्ठ