भाइलाई चिठी: इन्दिरा प्रसाई


प्रिय भाइ रवीन्द्र,

अत्यन्त सान्दर्भिक, उपयोगी र घाउ भएर थलिएको राष्ट्रका लागि मलमजस्तो चिठी लेखेकोमा हार्दिक धन्यवाद छ ।

यो चिठी नेपालभित्रका र नेपाल बाहिरका सम्पूर्ण नेपालीले पढ्नै पर्छ भन्ने मेरो मान्यता हो ।

भाइ, हुनत “कुनै पनि मानिस दूधले नुहाएको हुँदैन”, नजिक पुगेर हेर्दा ‘चन्द्रमा मै पनि दाग हुन्छ’ भन्ने भनाइ रवीन्द्र मिश्रमा पनि लागु हुन सक्छ । यति हुँदाहुँदै पनि ‘जुनसुकै वादलमा चाँदीको घेरा हुन्छ’ भन्ने कुरा म विर्सन्न सक्तिन । अनि रवीन्द्र मिश्रको सारा खान तलासी गरेर उनका बारे यसै हो भनेर निर्क्यौल गर्ने र निर्णय दिने काम पनि मेरो होइन । तर आफ्नो कानै नछामी ‘कागले कान लग्यो’ भनेर कङ्कलाशब्दमा रून पनि म मन पराउँदिन ।

छोरा छोरी हो !
विदेशमा बसेर विदेशी नागरिकै बनेपछि तिमीहरूले जति नै उच्चतम् सुखसयलको जीवन यापन गर्यौ भने पनि तिमीहरू उक्त मुलुकको प्रथम दर्जाको नागरिकमा कहिल्यै दरिने छैनौ । तिमीहरूले चाहे पनि नचाहे पनि ती देशका नागरिकले तिमीहरूलाई मात्र होइन तिमीहरूका पुस्तापुस्तालाई पनि तिमीहरूको पहिचान तिमीहरूकै मातृभूमिसँगै गाँसेर दर्जित गर्ने छन् ।

भाइ ! यो चिठी पढिरहँदा तपाईँका प्रातः स्मरणीय पिता राष्ट्रवादी एवम् स्वाभिमानी स्रष्टा मनुजबाबु मिश्रलाई पनि पत्रको पार्श्वमा मैले पाएँ ।

प्रिय भाइ ! तपाईँको यस चिठीमा भएको नेपाल प्रेमले मलाई धेरै नै द्रवित पारेको छ । शायद हाम्रा छोरा छोरी पनि विदेशिएकाले नै मलाई यस्तो भएको हुनु पर्छ । हुन त यो कथा तपाईँको र मेरो मात्र नभएर हाम्रो राष्ट्रको र अधिकांश नेपालीको पनि हो । त्यसैले यस सन्दर्भलाई मैले पनि राष्ट्रपीडाकै रूपमा लिएको छु ।

यसै कारण यो चिठी संसारभरिका नेपालीले पढुन् । पढुन मात्र होइन, मनन र चिन्तन गरून् र अवलम्वन पनि गरून् भन्ने आग्रह स्वरूप मैले तपाईँको यस चिठीलाई सबै समक्ष सम्मानका साथ प्रस्तुत गरेको हुँ।

भाइ, यस चिठीमा तपाईँले लेख्तालेख्तै तलका कुरा छुटेको पो हो कि भन्ने लागेकाले मलाई पनि त्यस चिठीमा केही थप्न मन लागेको छ ।
•••

छोरा छोरी हो !
विदेशमा बसेर विदेशी नागरिकै बनेपछि तिमीहरूले जति नै उच्चतम् सुखसयलको जीवन यापन गर्यौ भने पनि तिमीहरू उक्त मुलुकको प्रथम दर्जाको नागरिकमा कहिल्यै दरिने छैनौ । तिमीहरूले चाहे पनि नचाहे पनि ती देशका नागरिकले तिमीहरूलाई मात्र होइन तिमीहरूका पुस्तापुस्तालाई पनि तिमीहरूको पहिचान तिमीहरूकै मातृभूमिसँगै गाँसेर दर्जित गर्ने छन् । अथवा तिमीहरूलाई शङ्काका दृष्टिले पनि हेर्ने छन् । यदि तिमीहरूले कष्ठसाध्य मिहेनत गरेर सफलता पायौ नै भने पनि उनीहरूले ‘हाम्रो भाग खोस्न हाम्रो मुलुकमा आएर बस्यौ’ पनि भन्न बाँकी राख्ने छैनन् । उनीहरूले भन्नेमात्र होइन मौका परे तिमीहरू वा तिमीहरूका सन्तान दरसन्तनलाई लघार्न पनि सक्ने छन् । यसको ज्वलन्त उदाहरणका रूपमा तीन-चार मात्र होइन पाँच-सात पुस्ता अघि नेपालमाआएर नेपाललाई नै आफ्नो थलो बनाउँदै यही माटोमै आफ्नो रगतपसिना बगाउने विदेशी मूलका नेपाली नागरिकसँग हामी समग्र आदिवासी भनिनेले गरिने गरेको व्यवहार नै पनि साक्षी छ ।

अथवा हाम्रै छिमेकी राष्ट्र म्यानमा वा भूटानबाट लघारिन वाध्य नेपाली पनि यसका सशक्त उदाहरण हुन सक्छन् ।

त्यसैले तिमीहरूले अर्काको राष्ट्रलाई आफ्नो थलो बनाउनु अघि आफ्नो छातीमा आफ्नो मातृभूमि छामेरमात्र निर्णय गर्नु ।

तिमीहरूलाई माया गर्ने आमा: इन्दिरा प्रसाई


Loading comments...