Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

प्रसाई दम्पतीबाट नइलाई ६ लाख

४ भाद्र २०७६, बुधबार २३:३३


इन्जिनियर दम्पती दीपकराज प्रसाई र जुली प्रसाईले नइ प्रकाशनको अक्षयकोषका लागि थप ३ लाख रूपियाँ प्रदान गरेका छन् ।

‘नइ धनरूप पुरस्कार’ अविच्छिन्न समर्पणका लागि इन्जिनियरद्वय दीपक जुलीबाट नइ अक्षयकोषका लागि ६ वर्षअघि ३ लाख रूपियाँ प्राप्त भैसकेको थिय‍ो ।

नइ प्रकाशनले ‘नइ धनरूप पुरस्कार’ को राशि पनि गत वर्षदेखि एक लाख रूपियाँ पुर्याएको छ ।

इन्जिनियर दम्पती रूपनारायण प्रसाई तथा धनमाया प्रसाईका छोरा बुहारी हुन् ।

नइ प्रकाशनमा विभिन्न दानवीरहरूले विविधक्षेत्रमा पुरस्कार स्थापनार्थ अक्षयकोषका लागि रकम प्रदान गर्दै आएका छन् ।

नइ प्रकाशनले विविध कार्यक्रमका साथै वार्षिक लगभग १५ लाख रूपियाँ राशिसम्मका पुरस्कार देशदेशान्तरका प्रतिभाहरूलाई नियमित रूपमा समर्पण गर्दै आएको छ ।

२०५२ सालमा स्थापित नइ प्रकाशन सामुदायिक रूपमा परिचालित गैरराजनीतिक संस्था हो ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

नइ कीर्ति र आकृति र नइ कृतिलयको लोकार्पण नइ प्रकाशनले राजधानी काठमाडौँमा देशदेशान्तरका २०१ जना स्रष्टालाई ‘नइ कृति रत्न’ अलङ्कारले

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत