काठमाडौको कुकुरप्रेम


काठमाडौ, अर्थात पशुपतिनाथको सभ्यता भएको शहर, गोपालबंशी, महिशपालवंशीदेखि मल्लकालीन इतिहासभएको शहर, पृथ्वीनारायण शाह पछिका शाहवंशीको सामा्रज्यको शहर, वाग्मती र विष्णुमतीको शहर, जंगबहादुर राणा र उन्का सन्तती राणाहरुको शहर, भिमसेन थापाको शहर, वलभद्र कँुवरको शहर, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द अनि गंगालालको शहर । काठमाडौ, नेपालको राजधानी अनि मन्दिरहरुको शहर, गुदपाक र पुष्ठकारी अनि तितौरा पाँउको शहर, मोमोको शहर , अवसरको शहर अनि पहिलेको राजागाँउ ।

यस शहर र सभ्यताका धेरै नामहरु छन् अनि धेरै उदहारणहरु, भनिन्छ कुनै पनि शहरको सभ्यताको मापदण्ड पत्ता लगाउने केही अवलोकनहरु हुन्छन्, जुनै पनि शहरको सभ्यता त्यस शहरले त्यहाँका जनावरलाई गर्ने ब्यवहार अनि त्यस शहरको गल्लीमा पाइने त्यहाँका मौलिक खानेकुराको गुणस्तर र उपलब्धतामा भर पर्दछ अरे, आज लाइभमाण्डुमा हामी काठमाडौका खानेकुराहरुको चर्चा गर्दैनौ तथापि छिटै काठमाडौका चोक र चौराहबाट खानेकुराका चित्र, प्रतिक्रिया अनि स्वादका शब्द लिएर आउनेछौँ तर आजका लागी हामीले काठमाडौका गल्लीहरुबाट केही कुकुरहरुका चित्र, तिन्को परिचय अनि केही तिनीहरुका वारे जानकारी लिएर आएका छौँ ।
यो शहरको अर्को बिशेषता भनेकै कुकुरहरु हुन्, यिनिहरुले एकतमासले यो शहर र शहरवासीको सुरक्षा गरेका छन् भन्दा अतियूक्ति नहोला, आउनुहोस बुझौँ जनावर मानसिकतालाई, चिनौ हामीले वास्तानै नगरेका यसै पृथ्वीका केही वासिन्दाहरुलाई , तपाई जनावरलाई प्रेम गर्नुहुन्छ भने तपाइका लागी यो प्रस्तुती एउटा उपहार हो र यदि तपाइलाई जनावर विशेष कुकुरहरु मनपर्दैन भनेँ पनि आउनुहोस हामीलाई पढ्नुहोस, यि प्राणीहरुको माया गर्न सिकौँ।


चित्र १
उन्को नाम पोपो हो, सानोगौचरन काठमाडौमा बस्छिन् । पिपलबोट छेउको सानो रेष्टुरेन्टमा रखवालीगर्ने उनिलाई सधै विहान भात र रेष्टुरेन्टमा छोडिएका हड्डीहरु दिइनेगरिन्छ, त्यस्को बदलामा उन्ले २४ सै घन्टा रेष्टुरेन्टको रखवाली गर्नेगर्दछिन् । उन्का दुइवटा छोरा कुकुरहरु कालोपुल वरिपरिनै वस्ने गरेका छन् । पोपोको पछिल्लो समयमा बाटोमा हिड्ने ट्याक्सीले ठोकेर खुट्टामा चोट लागेको र गत श्रावणमा उन्को मृत्युभइसकेको छ ।

चित्र २
कालिकास्थानको एउटा चियापसलमा आउने यस कालो कुकुरको कुनै नाम छैन् । पसलेले काले भनेर बोलाउदा पुच्छर ठाडो गरेर आउने यस कुकुर दिनभरि अन्यत्रै डुल्न जानेभएपनि विहानीपख पसलमा आउने गरेको पसलेले बताए ।
गा्रहकहरुले दिएको डोनोट अदिका टुक्रा खाने यस काले कुकुरले पसलमा आउने गा्रहकप्रति कहिल्यै नभुक्ने तर कहिलेकाँही चाँही ग्राहकहरु आफैँ कुकुरदेखेर डराउनेभएकाले कालेलाई धपाउने गरेको पसलेले बताए ।
नजिकैका सर्वनाम थिएटरका कलाकर्मीहरु चिया खान यस पसलमा आउदा धेरैले कालेलाई बिहान देखेको हुनुपर्दछ ।

चित्र ३
काठमाडौको मात्र नभई राज्यकै शक्तिकेन्द्र सिँहदरबार भित्रका रैथाने कुकुरहरु ।
अनामनगर तर्फको गेट भित्रको बाटोमा भएका कुकुरहरु, यिनीहरुले कर्मचारीहरुको आवत जावत र सुरक्षामा कुनै अवरोध पूर्याएका छैनन बरु सुरक्षा दिएका छन् ।

चित्र ४
काठमाडौको कालोपुलमा एउटा ठूलो चारतल्ले घरमा वसोवासगर्ने धेरैवटा परिवारको सुरक्षा संयन्त्र, उस्को नाम भैरव हो । कुकुरलाई भैरवको वाहनकोरुपमा लिइने गरेकोमा यिन्को नामनै भैरव राखिएको छ । तल्लेतल्लाको परिवारसँग बिशेष नजिकरहेका भैरवको मिष्ठान्न परिकारकारुपमा चिकेनको मासु र भात रहेको छ ।
साह्रै तिखो भुकाई भएको यो कुकुरले टोलका अरु कुकुरलाई घरभित्र छिर्न नदिने गरेको थियो । भुइचालोपछि घरको पूर्ननिर्माण गर्न डेरावालाहरु सरेको र घरलाई फुटाएर पूर्ननिर्माण शुरु गरिएकोमा यिन्को वास्थान अहिले कहाँ रहेको जानकारी पाइएको छैन् ।

चित्र ५
यि दुइवटा कुकुरहरु प्राय सँगै देखिन्छन्, किर्तिपुर नयाँबजारको एउटा देवल अगाडी देखिने यो जोडी कुकुरको कुनै पहिचान या नाम छैन । दुबैको फोटो खिचाउने तरिका या भनौँ पोज हेर्दा कुनै रकस्टार भन्दा कम देखिदैनन ।


Loading comments...