कृष्ण को अर्थ


हामीले सोध्यौँ, यस संसारमा यतिधेरै धर्म र भगवानहरु छन्, तर कृष्णलाई यत्तिधेरै महत्व किन रु
राधानाथ स्वामीले यस प्रश्नको उत्तरलाई भागवत गीताको एउटा श्लोकसग जोड्नुभएको छ,
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥
यस श्लोकले वहाँलाई निकै प्रभाव पारेको रहेछ, वहाका अनुसार जुनैसुकै धर्मका मान्छेहरुले पनि कृष्णलाई मानेको र वहाको मार्गको अनुसरण गरेको वहाले पाउनुभएको छ । वहाआँफै पनि एउटा अल्पसख्यक धर्मको हुनुहुन्छ र अमेरिकामा वहालाई धेरै अन्य सम्प्रदायका मान्छेले हजारौँ बर्ष अगाडीको कुराका कारणले घृणा गर्दथे । माथीको श्लोक वहाँकालागी धेरै महत्वपूर्ण छ किनभने भागवत गीताको माथीको श्लोकले त्यो एउटा भगवानलाई पुकारेको छ र संसारलाई बिभिन्न नाम र स्वरुपमा आह्वान गरेको छ । भगवानको उपस्थिती सदैव एउटै उदेश्यकालागी भएको छ र त्यो उदेश्य हो हामीलाई हामी समस्त मानवको गहिरो अध्यात्मिक अनि भौतिक प्रकृतीको वारे जानकारी गराउने । जब हामी प्रकृतीसँग नजिक हुन्छौँ तव हाम्रा रिसहरु मानवतामा परिवर्तित हुन्छन्, लोभहरु सदभावमा परिवर्तित हुन्छन, आशत्ति प्रेममा परिवर्तित हुन्छन्, परनिर्भरता स्नेहमा परिवर्तित हुनेछ अनि दुख्खहरु विशुद्ध खुशीमा परिवर्तित हुनेछन् । भगवानले हामीलाई यिनैकुराहरु आफ्ना प्रत्यक आगमनमा सिकाउनुभएको छ । यस श्लोकमा एउटा सर्वमान्य सत्य छ जस्ले जगतको एक सत्य, हरेक घटना र अवस्तिथीको एक कारक लाई मान्छेहरुले भगवानका रुपमा परिभाषित गरेका छन् जस्लाई कसैले अल्लाह, कसैले जेहोभाह र कसैले रामका रुपमा ब्याख्या गरेको भन्नुभएको छ । बेदमा कृष्णको उपस्थिती महत्वपूर्ण छ, यस्का उदहारण र इतिहासमा कृष्णको दर्शन र प्रेममय आशय पाइन्छ । आजभन्दा ५००० बर्ष अगाडि कृष्णले वोलेका प्रेममय शब्द अनि वाक्यांशहरु मानवजगतकालागी सदासर्वदाकालागी सर्वोच्च उपहार अनि सम्पतीकारुपमा आजसम्म पनि विधमान छन् । कृष्णको अर्थ नेपालीमा सम्पूर्णरुपमा आकर्षण गर्नसक्ने भन्ने बुझाँउदछ, राधास्वामीले एकफेर एकजना अविश्वासीले आक्रमक शैलीमा तिमी अव नर्क जान्छौ भनेर गाली गरेको संझना गर्दै उत्तर दिनुभयो, त्यसोभए म नर्क जानेभए तिमी कहाँ जान्छौ त ?
उस्ले उत्तर दियो, म त स्वर्ग जाने हो ।

स्वामीले उत्तर दिनुभयो त्यसोभए म नर्कमै खुशी छु किनकि तिमीजस्तो घृणाले भरिएको मान्छेसँग स्वर्गमा भन्दा म नर्कमै ठिक छु । किन म नकै जान्छु वरु त्यो पनि भनिदेउ न भनेर त्यो मान्छेसँग प्रश्न गर्नुभयो
उस्ले स्वामीलाई भन्यो किनकि तिमिगलत भगवानलाई विश्वाश गर्दछौ
स्वामीले जिज्ञासा राख्नुभयोः तिमीलाई कसरी थाहा भयो भनेर
किनभने कृष्ण गलत भगवान हुन, उस्ले जवाफ दियो
कसरी थाहा पायौ रु स्वामीले प्रश्न गर्नुभयो के तिम्रा भगवान सर्व सुन्दर छन् ?
उस्ले भन्यो पक्कै पनि छन
स्वामीको प्रश्नः के तिम्रा भगवान सम्पूर्ण जगतका श्रोत र पालनहार अनि मालिक हुन ?
उस्ले उत्तर दियोः पक्कै पनि छन
के तिम्रा भगवानलाई सबैकुरा थाहा छ रु स्वामीको प्रश्न
पक्कै पनि उस्को उत्तर
स्वामीको जिज्ञासाः त्यसोभए तिम्रा भगवान सम्पूर्ण रुपमा आकर्षक छन त ?
उस्ले उत्तर दियो पक्कै पनि छन्
स्वामीले उत्तर दिनुभयोः त्यसोभए कृष्णभनेँको नै सम्पूर्णरुपले आकर्षक हुन्, तिम्रो भगवानको नाम पनि यहि हो । संसारका हरेक कारण का कारक चाहे जुनसुकै नाम या धर्मले पुकार ति यिनै सम्पूर्णरुपमा आकर्षश कृष्णनै हुन्, हजारौँ बर्षदेखि लाखौका मनमा मिठास, आशा र सहअस्तित्वको वाणी पूर्याउने, भागवत गीताका प्रवक्ता यिनै कृष्ण हुन् , कृष्णलाई धर्ममा नबाँढ, नाममा नटुक्राउ किनकि कृष्ण यीसबैकुरा भन्दा धेरै पर छन्, सम्पूर्ण रुपले राम्रा अनि मधुरताका धनी वाँसुरीवाला कृष्ण र उन्को जिवन संगीतनै शाश्वत सत्य हो । तिम्रा र मेरा भगवान एक हुन् ।
प्रश्नकर्ता चुप रह्यो

वास्तवमै कृष्ण अनि कृष्ण जागरण, संसारले सिक्नपर्ने र बुभनपर्ने कुरा भएको छ । कृष्ण र उन्का पथलाई धर्मसग नजोडिकन केवल अध्यात्मसँग मात्र जोडेर हेर्ने हो भनेँ कृष्णलाई सम्पूर्णरुपमा बुझन सकिनेछ ।

वास्तवमै कृष्ण अनि कृष्ण जागरण, संसारले सिक्नपर्ने र बुभनपर्ने कुरा भएको छ । कृष्ण र उन्का पथलाई धर्मसग नजोडिकन केवल अध्यात्मसँग मात्र जोडेर हेर्ने हो भनेँ कृष्णलाई सम्पूर्णरुपमा बुझन सकिनेछ ।

यस बर्ष पनि कृष्ण जन्माष्टमीमा श्री कृष्णको भौतिक उपस्थितीलाई जगतमा उत्सवका रुपले मनाउन भब्य कार्यक्रम मनाइदै छ । कृष्ण जागरणकालागी अन्तराष्ट्रिय समाज इस्कोन नेपालले यस वर्षको जन्मास्टमीमा पनि तपाइहामीसबैलाई जूनसुकै धर्म, लिङ्ग या वर्णको भएकोभए पनि सम्पूर्णरुपले आकर्षक भगवान कृष्णको जन्मोत्सवको मार्धुयतामा रमाउन सहर्ष निमन्त्रणा गर्दछ ।

सुयोग ढकाल


Loading comments...