
हलुङगो कि गरुङगो हुन्छ माया
५ मंसिर २०७५, बुधबार २२:५३
हलुङगो कि गरुङगो हुन्छ माया बोक्न नमिल्ने
धेरै हुन्छ कि थोरै हुन्छ माया जोख्न नमिल्ने
सागर नै छ बिशाल मायको मुटुभरी
तरपनि एकैचोटी माया त्यो पोख्न नमिल्ने
कति गर्छो माया भन्ने प्रश्न निकौ गाह्रो
यति उति गर्छु माया भनि तोक्न नमिल्ने
माया भन्ने कुरा मित्री मनबाटै हुनुपर्ने
सिक्न पढ्न अनि धोक्न नमिल्ने
दुख दिने को नै माया लाग्ने रैछ बढि
भैगो अब गर्दिन माया भनि रोक्न नमिल्ने

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
त्रिमूर्ति निकेतनले राजधानी काठमाडाैँमा आज सोह्रौँ त्रिमूर्ति दिवस मनायाे । त्यस अवसरमा महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शांण्डिल्यको स्वागत सम्मान तथा नेपाल-भारत कविता
नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ जना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ । नइ