पिगमिलियनः जर्ज वनार्ड शा


जर्ज वनार्ड शा, विश्व प्रसिद्ध नाट्ककार हुन र सन १९१४ मा प्रदर्शनमा आएको यो विश्वप्रसिद्ध नाटकका उपर धेरै चलचित्रहरु पनि फिल्माइएको छ । पिगमिलियन एउटा ग्रीक भगवानको नाम हो जो आफैले गरेको सृजनासँग प्रेममा पर्दछन र यसै गरि यस उपन्यास पनि एकजना भाषाको सर्जक प्राध्यापक हिगिन्सको कथाका वारेमा छ । जर्ज वनार्ड शा एकजना आइरिश नाट्यकार हुन जस्ले धेरैजसो सस्थागत धार्मिक अभ्यासका विरोधगर्दै लेख्नेगर्दथे । संसारमा पिगमिलियन एउटा अत्यन्त चर्चित नाटक हो, यस्लाई विभिन्न देशहरुमा शैक्षिक पाठ्यक्रममा पढाइन्छ, नेपालमा पनि एच्छीक अग्रेजीको पाठ्यक्रममा यस नाटकलाई विशेष प्रार्थमिक्तामा राखेर पढाइन्छ, नाटकको बुझाई ब्यत्तिअनुसार फरक हुन सक्दछ र यस नाटकमा नेपाल लगायत विभिन्न देशका धेरै साहित्य अनुरागीहरुले अन्वेषण र विष्लेषण गरेका छन् । तथापि नाटकको गहनता भने आज यस्को प्रर्दर्शन भएको एक शताब्दी भइसकेको अवस्थामा पनि उत्तिकै रोच अनि घोचक छ । यस नाटकको नेपाली सरल अनुवाल केवल लाइभमाण्डुको विश्वमालामा र यो रुपान्तरण लाइभमाण्डुकालागी सुयोग ढकालले गर्नुभएको हो । अंग्रेजीमा भएको यो नाटकको सरल अनुवाद गरेर लाइभमाण्डुले आफ्नो प्रयोगकर्तासमक्ष एउटा उपहार प्रस्तुत गर्दछ ।

यो कथा वेलायतको हो, त्यतिवेलाको वेलायतको चित्रण गरिएको छ जहाँ जातिय र वर्गिय भेदभावहरु एकदमै धेरै थियो र समाजमा औपचारीक शिक्षाको भर्खरै जसो प्रार्दुभाव भएको थियो । एकरात दुइजना सज्जन पुरुषहरु वेलायतको एउटा पार्क या भनौँ वगैचामा भेट्दछन, पा्रध्यापक हेगिन्स एकजना अंग्रेजी भाषाका विद्धान र उच्चारण विशेषज्ञ हुन भने कोलोनेल पिकरिग इन्डियन संवादका विज्ञ हुन , पा्रध्यापक हेगिन्सले कोलोनेल सँग आफूले एकजना गा्रमिण र अनपढ अनि भाषाको कुनै ज्ञाननै नभएकी महिलालाई आफ्नो ज्ञान र तालिममार्फत लन्डनको उच्च घरानाकि महिलाजस्तो वोल्नसक्ने र हाउभाउ सहितको उच्च वर्गीय महिलाकारुपमा केहि महिनामै परिवर्तन गर्न सक्ने वाजी राख्दछन । ति महिलाको नाम एलिजा डोलिटल हुन्छ ।

अर्को दिन ति महिला पा्रध्यापक हेगिन्सको भाषा प्रयोगशालामा भाषगत ज्ञानका लागी बुझ्न आइपुग्दछिन र हेगिन्स समक्ष उनि आफूलाई भाषाको ज्ञान दिएर फूलको पसलमा कामगर्न सक्षम वनाइदिएमा एक सिलिग अर्थात एक पैसा वेलायती मुदा्र दिने प्रस्ताव राख्दछिन , एलिजा एकजना गाउँले तर हक्की स्वभावकी अनि सिक्न चाहने खाल्की महिला हुन । उन्को एक लिलिग दिने प्रस्तावमाथी हिगिन्सले मजाक उडाएपनि उनिलाई तालिम दिएर गएराती राखेको वाजी अनुरुप कार्य गर्ने र उनिमाथी आफ्नो भाषगत ज्ञानको प्रयोग गर्ने सोच हिगिन्सले बनाउदछन । हेगिन्सले एलिजालाई आफ्नो घरमा कामगर्ने महिला सहयोगीलाई भनेर नुहाउन र नया कपडा लगाउन दिन भन्दछन । त्यसपछि एलिजाका जड्याहा पिता आएर आफ्नी छोरीको वदलामा प्राध्यापकलाई ५ पाउन्ड पैसो माग्न आउदछन नत्र छोरीलाई फिर्ता लिएर जाने धम्की दिए पछि हिगिन्सले उन्लाई पैसा दिएर पठाउदछन । एलिजाका पिताले पैसो लिएर फर्किने क्रममा नुहाइधुवाई गरेर फर्किएकी आफ्नो फूलजस्तै देखिएकी छोरीलाई झन्ने चिन्दैन । महिनौसम्म हिगिन्सले एलिजालाई सस्कार र भाषाका ज्ञानहरु सिकाउदछन, धेरै जसो अवस्थामा हेगिन्सले एलिजालाई अलिक कडा र नितान्त संवेदनाहिन ज्ञान उन्मुख शिक्षण पद्धतीमार्फत भाष र सस्कारका ज्ञानहरु दिन्छन । पार्टी र औपचारीक कार्यक्रमको दुइवटा अभ्यास श्रृखलाका लागी हिगिन्सले आफ्नी आमाको निवासमा कार्यक्रम राख्दछन जसक्रममा एलिजा हिगिन्सकी आमासँग परिचित हुन्छिन, यसैक्रमा हिगिन्सका भाई फ्रेडि एलिजाप्रति धेरैनै आकर्षित हुनपुग्दछन् । यता हिगिन्स भने आफ्नो एलिजासगको यो अभ्यासले भविष्यमा समस्या आउनसक्ला भनेर चिन्ता लिन्छन तथापि आफूले पिकरिगसँग राखेको वाजीका कारणले उनि एलिजालाई तालिम दिइनैरहन्छन् ।
दोश्रो पार्टी भने राजदुतको घरमा हुन्छ जहा हिगिन्सका वचनलेगर्दा एलिजा एकदमै रिसाएर हिगिन्सलाई चप्पल खोलेर हान्दछिन अनि हिगिन्सले दिएका गरगहना हरु फर्काएर हिन्दिन्छिन । हिगिन्सले त्यस पार्टीमा एलिजालाई अरुसँग विवाह गर्ने अकृतज्ञतापूर्ण सल्लाह दिएका हुन्छन् ।

भोलिपल्ट विहान तनावग्रस्त र आफ्नो अकृज्ञताकालागी दुख्खी हिगिन्स आफ्नी आमाकोमा हराएकी एलिजाको खबर लिएर पुग्दछन, वाटोमा एकजना धनीको मृत्युपछि अपुताली सम्पतीपाएर एक्कासी धनीभएका एलिजाको वुवासँग उन्को भेट हुन्छ ।
एलिजा र हिगिन्सको त्यसपश्चातको भेटमा एलिजाले हिगिन्सलाई आफ्नो शिक्षकभएतापनि आफ्नो भावना र स्वतन्त्र अभिब्यक्तिसग खेलेको आक्षेप लगाउदछिन तथापि एलिजाले हेगिन्सका अर्का सहकर्मी र वाजी राखेका पिकरिगलाई भने हेगिन्सकै अगाडि आफूलाई एउटा विधार्थी भन्दा पनि महिलाको रुपमा ब्यबहारगरेकोमा धन्यवाद दिन्छिन् । हेगिन्सले आफूलाई केवल एउटा ओइलाएको वन्दाकोभीको पातका रुपमा मात्र राखेको भनेर एलिजाले उदहारण दिन्छिन ।

हिगिन्सले त्यसपश्चात एलिजालाई के उनि यो आक्षेपमय वदलाबाट सन्तुष्ट छिन भनेर प्रश्न गर्दछ र त्यस्का साथै आफूले एलिजालाई मात्र नभई सबैलाई त्यस्तै ब्यवहार गर्दछ भनेर स्पष्टिकरण पनि दिन्छ । एलिजाले आफूले केवल सामान्य दया र संवेदनाको मात्र अपेक्षा राखेकोमा हेगिन्सले आफूलाई त्यतिपनि दिन नसकेको जानकारी गराउदै आफू अव वुवाको विवाहकालागी गाउजाने फर्किएर नआएपनि फ्रेडीसँग विवाह भने गर्ने जानकारी गराउछिन् । हेगिन्स अव रिसले चुचुर हुन्छ, उस्ले एलिजालाई राजपरिवारसम्म समान हुने ज्ञान र सस्कार दिएर तैयार गरेको भएतापनि समान्य फ्रेडीसग विवाह गर्ने र त्यस्का अलावा अर्का भाषाविज्ञ नेपोमुखको सहयोगीका रुपमा समेत एलिजाले कामगर्ने थाहा पाएर उन्को घाँटी थिचिदिनेसम्म भन्दछ । अब एलिजामा परिवर्तन आउदछ, उनि पहिलेजस्तो हेगिन्ससँग डराउनका साटो निडर र वादविवाद गर्न सक्षम र तैयार अनि उज्याली पाँउदछ ।

एलिजाले अब आफू हिगिन्ससँग नभई अर्का विज्ञ नेपोमुखसँग सिक्न जाने कुरा पनि भन्छिन । दुख्खी हेगिन्स आफ्नो प्रयोगात्मक र कठोर शिक्षण पद्धतीप्रति ग्लानी गर्नमात्र नभई अववाट एलिजाप्रति आकर्षित हुन थाल्दछन, यत्तिकैमा एलिजा अकास्मात धनीभएका पिताको विवाहकालागी गाउ जाने हुन्छिन र एलिजा पक्कै अन्को प्रेमी अर्थात हेगिन्सका भाई फ्रेडीका लागी फर्किने कुरामा हेगिन्स दुविधामै छन् । अव हेगिन्सको एलिजालाई पूनः देख्न पाउने र उन्को पहिलाकोजस्तै आफूप्रतिको आदर पाउने नपाउने कुरामा हेगिन्स दुविद्धामै छन, अव उनि आफ्नो एउटा वाजी र अहंकारले गर्दा एलिजा प्रतिको असंबेदनशील ब्यबहारका लागी ग्लानी महसुस गर्दै वस्नेछन ।
अन्तमा हिगिन्स एलिजाको फ्रेडीसँग विवाह गर्ने कुराका लागी मुसुक्क मुस्काउदछ, शायद यो ब्यङ्गको मुस्कान हो, यो नाटक यहि सकिन्छ ।

तपाइहामीले यस नाटकलाई महिला अधिकार, मानव अधिकार, शिक्षण पद्धती, पुरुष अहंकार लगायत विभिन्न अन्य आयामवाट विष्लेषण गर्न सक्दछौँ तथापि नाटकमा रहेको महिला संवेदना धेरैनै संवेदनशील र गहन छ, तिजको यो समयमा तपाइहामीसमक्ष यो महिलासंवेदनामा आधारित नाटक को उपहार स्वीकार गर्नुहोस, हाम्रो समाजका प्राध्यापक हिगिन्सहरुले आफ्नो ब्यवहारीक परिधी अनि एलिजाहरुजस्ता विधार्थीले आफ्नो ज्ञानप्राप्तगर्ने उत्कट चाहना सधै कायम राखुन, समान समाजको परिकल्पना सत्य होस ।

सुयोग ढकाल


Loading comments...