
अरुण जेटलीको निधन
७ भाद्र २०७६, शनिबार १४:४०
काठमाण्डौ, ७ भाद्र, २०७६ । भारतका पूर्व अर्थ मंत्री तथा सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता अरुण जेटलीको शनिवार अपरान्ह १२:०७ बजे दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) अस्पतालमा ६६ वर्षको उमेरमा निधन भएको छ ।
जेटलीलाई ९ अगस्ट २०१९ मा एम्स (AIIMS) मा भर्ना गरिएको थियो । अस्पतालले विज्ञप्ति जारी गर्दै वहाँको मृत्युको घोषणा गरेको हो । वहाँको उपचारमा एम्सका वरिष्ठ डाक्टर सहितको टोली संलग्न थियो ।
उनको जन्म भारतको नयाँ दिल्लीमा २८ डिसेम्बर १९५२ मा भएको थियो । मोदी सरकारको पहिलो कार्यकालको संकटमोचकको रुपमा परिचित जेटली लामो समयदेखि बिमारीले ग्रस्त हुनुहुन्थ्यो । आईतबार अपरान्ह २ बजे दिल्लीस्थित निगम बोध घाटमा वहाँको अन्तिम संस्कार गरिने छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार