Lifestyle Portal
  •   १३ मंसिर २०७८, सोमबार

२१ औं शताब्दीमा मानवले विवाह नगर्नुका ७ कारण

८ भाद्र २०७६, आईतवार १०:००


नेपालमा विवाहहरु सम्बन्धी र सम्बन्धका विषयमा केन्द्रित टयाक्कै मिल्ने राष्ट्रिय शोध भएको त छैन तथापि संसारकै शत्तिकेन्द्र र अवसरको देशकारुपमा परिचित अमेरिकामा भने सन १९६० मा ७२ प्रतिशत यूवाहरु विवाह बन्धनमा वाधिएको तथ्याकं छ भने यो दर घटेर सन २०१४ मा केवल ५० प्रतिशत अमेरिकि यूवा यूवतीले मात्र विवाह गरेका छन, दुइ मध्य एक यूवा या यूवती विवाह नगर्ने निधोमा पुगेका छन , अमेरिका मात्र हैन नेपाल या भारतलगायत साउथ एसियन देशहरुमै पनि यूवाहरुमा विवाहप्रतिको वितृष्णा र विवाहको कम आवश्यक्ता महसुसभएको हामीले देखेकै छौ । के अव २१ शताब्दीमा विवाह संस्कार मानव समुदायले छोडनेनै हो त ?आउनुहोस छलफल गरौ ७ वटा यस्ता कारणहरुको वारेमा जस्ले गर्दा यो शताब्दीमा विवाह लोप हुनसक्छ, केवल लाइभमाण्डुमा

कारण १ : यौन
मान्नुहोस या नमान्नुहोस, पुस्तौदेखि विवाहको मुख्य कारण यौन रहदै आएको छ । धेरै मानव समाज र सभ्यतामा अझैपनि विवाहपूर्व यौन समन्धलाई राम्रो मानिदैन । दोश्रो विश्वयुद्ध पछि देखापरेको उत्तरआधुनिकता अनि ग्ल्यामरको संसारमा अव यौनका लागी विवाहको विकल्प हास्यास्पद छ, विवाह यौन भन्दा पनि दायित्व र कानुनी झमेला अनि स्वतन्त्रता हननको विषयका रुपमा मान्छेहरुले हेर्न थालेका छन । सहज रुपमा उपलब्ध सेक्स साइटहरु अनि यौन समबन्धी दृश्य, पुस्तक अनि कुराकानीहरु अनि मान्छेहरुले हस्तमैथुनलाई यौनको विकल्पकारुपमा गहिरोगरि हेर्न थालेका पनि छन । विभिन्न सेक्स टोय र रोवोटहरुको आविष्कारले पनि विवाह र यौनको सन्दर्भलाई शताब्दीमा क्षिण गर्दै लगेको छ ।

कारण २ः खुल्ला समय
शुरुशुरुमा टिभी, रेडियो, फोन, आकाशवाण्ी लगायतका सेवाहरु सबैलाई उपलब्ध थिएन , न त अहिलेजस्तो मध्यमवर्गकालागी पनि क्लव, डान्स अनि डिस्को थेक अनि सहज समान इन्टरनेट नै थियो । अव हरेक मान्छेले एक्लै आफ्नो हिसाबले सहज टिभी हेरेर, रेडियो सुनेर, इन्टरनेट चलाएर, क्लव, पार्टी या डिस्को गएर खाली समयको उपयोग सहित सहज मनोरञ्जन गर्न सक्दछन एक्लै । मान्छेलाई एक्लोपना र वोरहुने अवरसहरुले विवाहतर्फ उन्मुख हुनेमा अवको समयमा मान्छेसग हरेक प्रकारको खालीसमय उपयोगगर्ने विकल्पहरु छन् तसर्थ विवाहप्रति आवश्यक्ता थोरै र वितृष्णा धेरै छ ।

कारण ३ : स्वतन्त्रता र वन्धन
विवाह पक्कै पनि एकप्रकारको मिठो वन्धन त हो तर यो पुस्तालाई संसारले स्वतन्त्रताको दास वनाएको छ । समाज दिनदिनै अझ जटिल वन्दैछ अनि भय वढिरहेको छ, विवाहप्रति । विवाहपछिको छोराछोरी पाउने कुरालाई त झन मान्छेहरुले दुख्ख, कष्ट अनि वन्धनकारुपमा लिन थालेका छन जस्कारण विवाहको औचित्यमा झन कमी हुदै आएको छ ।

कारण ४ः महिलाहरुको आर्थिक स्वतन्त्रता
महिलाहरु पनि पुरुष सरह आर्थिक रुपमा स्वतन्त्र र वरावर छन । स्वतन्त्र आर्थिक हैसियतले समझदारीभन्दा पनि प्रतिस्पर्धा र दम्भ पुरुष महिला दुबैतर्फ वढाएको छ ।स्वतन्त्र डोनरको शुक्रक्रिटवाट एकल गर्भाधान गर्ने चलन, सरोगेसी आमाको प्रविधीहरुले विवाहको औचित्यलाई अन्य विकल्प दिएका छन ।

कारण ५ः थोरै सन्तानहरु
१९औ शताब्दीमा एकजना महिलाले १० वटासम्म छोराछोरी पाएको सामान्य थियो तर विस्तारै सन्तानको सख्याँ थोरै हुदै गयो र जति थोरै सन्तानको रहर हुन्छ उत्तिनै थोरै हुन्छ विवाप्रतिको चाहना र आवश्यक्ता ।

कारण ६  समबन्धको संस्कारमा परिवर्तन
गर्लफ्रेन्ड र ब्याइफ्रेन्ड अनि सगै बस्ने अर्थात लिभिग रिलेशनशीपको वढदो चलन हामीले देखिरहेका छौ । यस्ता समबन्ध र सहज अस्थाइसाधनको उपलब्धता अनि आधुनिकताले मान्छेलाई विवाहबाट पर लगिरहेको छ ।

कारण ७ः समलिंगीहरुको पहिचान र उपस्थिती
बढ्दो समलिंगिहरु अनि चलनले गर्दा एउटै लिगंका जोडीले विवाहगरेनै त्यो सन्तानजन्माउन विरलै सभंव हुने प्रकृतीको हुन्छ । विवाहको आधारभुत औचित्य कम हुदै जान्छ ।

तपाइलाई लाग्नसक्छ कि २०सौ शताब्दीसम्म एकदमै मज्जसगँ सभ्यताले ल्याएको विवाह चलन अव कसरी एकै शताब्दीमा लोप होला भनेर ?
तर मानव सभ्यताले २१सौ शताब्दीमा धेरै आधारहरु परिवर्तन गरेको छ । १९सौँ शताब्दीसम्म धेरै देशमा नभएको महिलाले भोटगर्न पाउने चलन २०सौ शताब्दीले पुरा गर्दै ल्यायो, थोरै सन्तान जन्माउनपर्ने नियन्त्रण विधि अगाडि ल्यायो, परिवार नियोजनका धेरै साधनहरु ल्यायो जुन राम्रो कुरा हो । तर आधुनिकता सगै मान्छेहरुमा विवाहवन्धनभाव प्रति उदासिनता देखिएको छ, सन्तान पाउन कम भएको छ र यसै गरि संसार अवको धेरै शताब्दी चल्न सक्ला र ?
सोच्ने वेला आएको छ

सुयोग ढकालको प्रस्तुती

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या