
मान्छेहरु मसंग ज्ञान हैन सेल्फी चाहन्छन् : सद्गुरु
८ भाद्र २०७६, आईतवार ०६:००
मान्छेहरु पललाई फ्रिज गर्न चाहन्छन् अनि कैद गर्न चाहन्छन् यस ब्रह्माण्डका यादहरु, शायद सेल्फी त्यहि उल्झनको उपज हो । मान्छेहरु ज्ञानको खोजमा छैनन बरु पलहरुको दास भएका छन्, म अचम्ममा पर्दछु ।
मेरो तस्वीर कैद गर्ने क्रममा त्यस प्रतिबिम्बमा केवल मिथ्या मात्र रहन्छ, मान्छेहरु मिथ्याको पछि लागेका छन् । यस ब्रह्माण्ड चलायमान छ , यहाँ केहि कुराहरु पनि रोकिएका हुँदैनन् । यहाँ तस्वीरले पलहरुलाई कैद गर्दैनन्, म पललाई कैद गर्नमा हैन बरु पलहरुलाई अनुभव गर्नमा विश्वास राख्ने सन्देश दिन चाहन्छु ।
जसरी धर्ममा पलहरुलाई मूर्ति र प्रतिमामा कैद गरिएको हुन्छ , जसरी शिक्षामा अक्षरहरुलाई कागजमा कैद गरिएको हुन्छ, जसरी राजनितिमा दर्शनहरुको थियोरीमा पलहरुलाई कैद गरिएको हुन्छ , यहाँ हरेक मान्छेहरु निष्कर्शको खोजिमा छन्, यो गलत हो ।
अध्यात्मको यात्रा सत्यताको निकटता हो, यहाँ पलहरु कैद गर्न हैन पलहरुलाई अनुभव गर्नक लागि हो । मसंग आउनुभएका यहाँहरु सेल्फीको उल्झनमा पलहरुलाई कैद गर्ने मिथ्यामा नबस्नुहोस्, आउनुहोस् बरु ज्ञान र बिज्ञानको तर्कहरुमा पलहरुलाई अनुभव गरौं ।
आँखामा विश्वास गर्नुहोस्, श्रष्टि स्क्रीनमा भन्दा आँखाले हेर्दा झनै राम्रो देखिन्छ ।
अनुवादः सुयोग ढकाल
ईशा फाउण्डेशन सदगुरुको प्रवचन बाट
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा
काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ
आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि
सूर्यको उपसनाको चाड छठ पूजाको रौनक देशका अधिकांश भागमा छाएको छ । तराईका सबै ठाउँहरुमा छठ पर्वलाई ब्यापक तयारीका साथ