
महोत्तरीमा विद्यार्थीहरुको आन्दोलन
११ भाद्र २०७६, बुधबार १६:११
महोत्तरीको जिल्लको भंगहा नगरपालिका ९ हरिनमरी स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन् । मंगलबार विद्यार्थीहरुले विद्यालय र वडा नं. ९ को कार्यालमा तालाबन्दी गर्दै गाउँमा जुलुस समेत प्रदर्शन गरेका छन् ।
विद्यालयमा विषयगत शिक्षको अभाव, राजनीतिक दलको राजनीति गर्ने अखाडा बनेको कारण पठन पाठनमा समस्या हुने गरेको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । जनप्रतिनिधिहरुले समेत चाँसो नदिँदा विषगत शिक्षक भर्ना समस्या रहेकाले पठन पाठन प्रभावकारी नभएको विद्यार्थीहरुको गुनासो छ ।
वडा कार्यालयमा विद्यार्थीले लगाएको ताला वडाध्यक्ष राजबाबु यादवले विद्यालय व्यवस्थापन समिति गठन र शिक्षकको लागि पहल गर्ने सहमतिमा खुलाउनु भएको छ ।यता विद्यालयका प्रधानाध्यापक मुनेन्द्र झाले विद्यालय लामो समयदेखि व्यवस्थापन समिति विहीन रहेकाले शिक्षक भर्ना गर्न नसक्दा समस्या भएको कारण विद्यार्थी बाध्य भएर तालाबन्दी गरेको बताउनुभयाये । कक्षा ९ र १० मा पढाई हुने प्राविधि विषय ईलेक्ट्रीकको दुईजना शिक्षक र विज्ञान विषय गरी ३ जना शिक्षकको अभावमा पठन पाठनमा समस्या भएको उहाँको भनाई छ ।
‘मैले विद्यालय व्यवस्थापन गठनको लागि ५।६ पटक अभिभावक भेला बेलाए । तर सहमतिमा समिति गठन हुन सकेन । त्यसैले रिक्त दरबन्दी शिक्षक भर्ना गर्न सकिएन’ प्रअ झाले भन्नुभयो ‘ मैले जनप्रतिनिधिहरुलाई पनि विद्यालयको समस्या समाधान गर्न गुहार गरे । तर चाँसो दिनु भएन । पठन पाठन समस्याको कारण विद्यार्थीले बाध्य भएर तालाबन्दी गरेका छन् |
यता वडाध्यक्ष राजबाबु यादवले विद्यार्थीको तालाबन्दीमा आफ्नो समर्थन रहेको बताउनुभयो । लामोसमयदेखि व्यवस्थापन समिति गठन नहुन सकेकोले नै विद्यालयमा पठन पाठनमा समस्या भएको उहाँको भनाई छ । यो समस्या चाँडै समाधान गर्न आफुले पहल गर्ने वडाध्यक्ष यादवले बताउनुभयो ।
यस विषयमा भंगहा नगरपालिका नगरप्रमुख संजिव साहले गत शुक्रबार नै नगर शिक्षा नियमावली अनुसार विद्यालयमा व्यवस्थापन समिति गठन गर्न प्रअ झालाई नगरपालिकाबाट पत्र दिइसकेको बताउनुभयो । विद्यालयको समस्या समाधानको लागि आफ्नो चाँसो रहेको तर, विद्यालयमा आ आफ्नो मान्छेलाई शिक्षक दरबन्दीमा भर्ना गर्न व्यवस्थापन समितिको लागि बढी राजनीति भइरहेको नगरप्रमुख साहको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,