Lifestyle Portal
  •   २१ जेष्ठ २०८०, आईतवार

आमा बन्नको गाह्रो -कथा

१२ भाद्र २०७६, बिहीबार १७:००


एउटी सासूलाई नाति चाहिन्छ ।एउटा पतिलाई बच्चा चाहिन्छ । अनि एउटी नारी गर्भवती हुन्छे सबै खुशी पनि हुन्छन् । त्यस पछि दिन बित्दै जान्छ समय सँगै खुशी को रुप फेरिन्छन् । हिजो बुहारी ले नाति पाउने खुशी मा उज्यालो भएको सासू को अनुहार अधेरो यस कारण हुन्छ कि घर को काम बुहारीले कम गर्न थाली । यो आधुनिक जमानामा हुन्छ सब थोक हामी घाँसको भारी बोक्दा बोक्दै जन्मिएका बच्चा हुन । नन्दको अनुहार अध्यारो हुन्छ हिजो पधेरो बाट भाउजूले बोक्ने गाग्री उसको नाउ मा सर्यो । पति को अनुहार अधेरो हुन्छ । हिजोको दिन मा सधै उज्यालो श्रीमती आजकाल हर बखत थाके जस्तो देखिन्छे। सानो सानो कुरा मा दिक्क मान्न थालेकी छे ।उसको पहिला जस्तो वास्ता गर्न सकेकी छैन । हिजोको दिन उसको हात शिरानी लगाएर सुत्ने बुडि आज कहिले कता कहिले कता फर्किन थालेकी छे ।आजकाल पहिला जस्तो रमाइलो कुरा गर्न खोज्दा झर्को मान्न थाले कि छे ।

जति बेला पायो उति बेला घिन लाग्ने गरि बान्ता गर्न थालेकि छ । आखिर किन परिवर्तन भै बुझ्न सकेको छैन । सबै थोक त ल्यााइ देकै छु खान मन लागेको कुरा किन्देकै छु । घरमा नि सबैले ध्यान देको छन् वास्ता नि गरेकै छु ।फेरि किन यस्तो । के एक पटक कसैले सोचेको हुन्छ यति बेला सहनभुती भन्दा पनि बुझ्ने मान्छेको आवश्यकता हुन्छ भनेर । रात रात भर सुत्न न सकेर यता उता कोल्टे फेर्दै उसले बिताएको रात कसले देखेको छ सिवाय बिहान ढिलो उठेको बाहेक ?? शरीर भित्र परिवर्तन भै रहेका हर्मोन र सँगै को माहोल कसले बुझेको छ उसले गरेको बान्ता बहेक । खाना खान मन न लागेर पनि जवर जस्ती बच्चाको लागि खाएको कसले देखेको छ उसले मुख बिगारेको बहेक । ९ महिना तड्पेर ,अनिदो रात बिताएर कहिले एक्लै रोएर कहिले हासेर कति पटक त्यो बच्चाले पेट भित्र बङ बङ्ती हानेको लाती सहेर ।मन लागेको कुरा नखाएर शरीर भरी पीडा हुदा औषधि बिना नै त्यो पीडा सहेर अन्त्य मा मृत्यु सँग कयौ घण्डा लडेर त्यो नारीले बच्चालाई जन्म दिन्छे ।नर्सले सफा गर्छे र आमाको सामु नि न लागि बाहिर आएर सोध्छे फलानो कसको बच्चा हो अनि बाबू अगाडि आउँछ र भन्छ मेरो । कति सजिलो हुन्छ एउटा पुरुषलाई बाबू बन्न अनि कति गाह्रो हुन्छ नारीलाई आमा बन्न |

सामाजिक सञ्जाल बाट साभार

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै