Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

चर्किन थाल्यो जनकपुर रेल्वेको नवनिर्मित भवन

१३ भाद्र २०७६, शुक्रबार ०७:१२


जनकपुर रेल्वेको सञ्चालन अहिले निकै रौनक र रोचक बिषय अनि प्रतिक्षा भएको छ । आज स्थानीय खबर पत्रिकाहरुले यो समाचारलाई प्राथमिकता दिएका छन् । समाचारमा विशेषतः प्रयोग नै नभइकन जिर्ण हुन थालेका जनकपुर रेल्वेका भवनका तस्वीरहरु पनि सम्मेलित छन् ।

जनकपुर–जयनगर रेल सेवा सञ्चालन नहुँदै जनकपुरधामको पुरानो रेल्वे स्टेशन स्थित निर्माण गरिएको स्टेशन भवन चर्किन थालेको छ । स्टेशन भवनको भित्तामा चिरा पर्न थालेको हो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीनइर्कोन इन्टरनेसनल कम्पनीले निर्माण गरेको भवन प्रयोगमा आउनुपुर्व नै चर्किन थालेको हो ।

भवनको दक्षिणी भागको पर्खालमा कतै चिरा परेको छ भने कतै फुटेको छ। रेल सञ्चालन नै अन्यौलमा परेका बेला भवनमा चिरा पर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्। ‘भारतीय कम्पनीले गुणस्तरहीन भवन निर्माण गरेर गइहाल्छ, प्रयोग त हामीले गर्ने हो,’ स्थानीय सुमनकान्त झाले भने ।

गुणस्तरहीन भवन निर्माण भइरहँदा पनि कुनै निकायले अनुगमन नगरेको भन्दै स्थानीय आक्रोशित छन्। ‘रेल कहिले चल्ने अत्तोपत्तो छैन। तर भवन फुट्न थालेको छ। गुणस्तरहीन काम भएको प्रष्ट छ तर कसले हेर्ने ?,’ स्थानीय अजय साहले भने ।
पान खाएर थुक्दा स्टेशन दुर्गन्धित बनेको छ भने पर्खाल कुरुप देखिन थालेको छ ।

भवन गुणस्तरहीन रहेको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोदकुमार ओझाले पनि स्वीकार गरे । तर कम्पनीलाई पटक–पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नलिएको उनको गुनासो छ ।यसमा हाम्रो कुनै भूमिका छैन तर पनि हामीले पटक–पटक उनीहरूलाई भनिरहेका छौं, हेछौँ, भन्छन् तर सुनुवाइ छैन,’ उनले भने । भारत सरकारले ५ सय ४८ करोड भारतीय रुपैयाँको लागतमा ब्रोडगेज रेललगायत भौतिक पुर्वाधार निर्माण गरिरहेको छ । तत्कालका लागि चल्ने भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।
चोरी हुन थाले रेल्वेका समान
जनकपुर–जयनगर रेल्वेको जनकपुरस्थित रेल्वे स्टेशनमा चोरीका घटना पनि सार्वजनिक भएका छन् । रेल्वे सञ्चालन नहुँदै रेल्वे ट्रयाक र स्लिपर जोडने क्लिप चोरी भएको हो ।
रेल्वे स्टेशनमा बनाइएको ट्रसको नटबोल्ट र रेल्वे स्टेशनमा बनाइएको खानेपानीको धारासमेत चोरी भएको साइट इन्जिनियर ओझाले बताए ।
रेल्वे निर्माण नसक्दै निगरानीका बाबजुद रेल्वे सामग्री चोरी भएको हो । चोरीका घटना बढेपछि नेपाल प्रहरीसँगै रेल्वेका कर्मचारीलाई निगरानी गर्न लगाइएको छ ।

तस्वीर साभारः टुडेपाटी डट कम बाट साभार

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,