Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

नेपाल एयरलाइन्सको जापान ओसाकाको पहिलो उडान

१२ भाद्र २०७६, बिहीबार १४:००


सन् २०१९ को अगस्ट २९ बाट नेपाली राष्ट्र ध्वजावाहक वायूसेवाले जापानमा पनि सेवा बिस्तार गरेको हो । जापानको ओसाकामा राष्ट्रिय ध्वजावाहक बिमानको अवतरण हुने भएको छ । गत महिना श्रावणको १६ गते नेपाल एयरलाइन्सको प्रेस बिज्ञप्तीअनुसार ओसाकामा उडान शरु गर्न आँटेको बताइएको थियो ।

नेपाली समुदाय बस्ने कयौँ राष्ट्रहरू मध्ये एक जापान पनि हो । जापानमा बस्ने नेपाली समुदायको चाहना एवम् जापानिज नागरिकहरूको मागलाई मध्य नजर गर्दै नेपाल वायुसेवा निगमले अगष्ट २९ तारिख २०१९ बाट जापानको ओसाकामा नियमित उडान गर्ने भएको हो ।
ओसाकाको नियमित उडानका साथै निगमको विमानबाट नारिता विमानस्थल सम्म २ वटा चार्टर उडान समेत हुने भएको छ यस सम्बन्धमा सुमेघ टुर्स एण्ड ट्राभल प्रा.लि. सँग सम्झौता भएको हो ।

यी चार्टर उडान काठमाडौं(नारिता(काठमाडौं बीच सेप्टेम्बर र अक्टोबर महिनामा हुनेछन र पहिलो उडान २६ सेप्टेम्बर बिहीबार काठमाडौंबाट नारिता गई २७ सेप्टेम्बर शुक्रबार काठमाडौँ फर्कने छ । यस्तै दोश्रो उडान अक्टोबर २ तारिख बुधबार गई अक्टोबर ३ तारिख बिहीबार फर्कने छ ।

चार्टरका लागि काठमाडौं(नारिता(काठमाडौंको उडान १४ घण्टा ३० मिनेटको हुनेछ । नेपाल वायूसेवा निगमको वाईडवडी ए३३०(२०० विमानबाट जापानको नारिता सम्मको चार्टर उडानको थालनी हूने भएको छ, यसले जापान उडानमा नयाँ बाटो खोलेको छ ।
नारिता र ओसाका उडानले नेपाल र जापानको पर्यटन प्रवर्दनमा उल्लेखनीय योगदान पूग्नूका साथै यात्राहरूले सुविधापूर्ण सेवा पाउने छन् भन्ने अपेक्षाका साथ शुरु भएको यस सेवाका लागि शुभकामना ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले