Lifestyle Portal
  •   ३१ बैशाख २०७८, शुक्रबार

उधोगपती बसन्त चौधरीको कविता: आफैं विरुद्ध

१३ भाद्र २०७६, शुक्रबार १०:५४

सम्झनाको उर्लदो भेलमा
तिमी बगेर आउँछौ
संगै बसेर पिएको कफी
संगसंगै छुटेका पदचापको
मधुर आवाज
र,
पोखिइरहन्छन्
आँखाका ओठबाट,
उष्ण बोकेका गह्रौं आँसुहरु !

हो,
तिम्रो सम्झनाको
उर्लदो भेलमा
तिमी बनेर छाउँछौ
मृदु स्मृति
र,
डराई भाग्छ निद्रा
तिमी मुस्काएर भर्छौ मन
र,
हराएर जान्छ झझल्को
त्यही भेलमा बग्दा बग्दै
वियोगको ढुङ्गामा ठोक्किएर
पटक पटक रक्ताम्य म
तिमीलाई बोकेका
यी आँखाका डिलबाट
घाइते खसिरहेको छु !

बाँध बाँध्न नसक्दा
सम्झनाको भेल
मेरो संसार तहस नहस छ
असमर्थ र विक्षिप्त म
तिम्रो स्मृतिसंग युद्धरत
शंखघोष गर्ने,
साहस जुटाइरहेकोछु
पटक पटक,
आफैं विरुद्ध युद्धको !

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर,

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर