
SAAHO फिल्म समीक्षा:मेरो नजरमा
१५ भाद्र २०७६, आईतवार १२:०२
यदि तपाईं साहु हेर्ने प्लानिङमा हुनुहुन्छ तर चलचित्र खासै हेर्नू हुन्न भने तपाइको लागि यो चलचित्र बोरिङ लाग्न सक्छ।
हुनत सबैमा यो कुरा लागू नहुन सक्छ तर
म जस्तो फिल्मी किरोलाई पनि फिल्मको केही सिनमा निन्द्रा लागेको अबस्था थियो।
पछिल्लो पटक मलाई यस्तै निन्द्रा लागेको रेस-3 र एभेन्जर्स दि इन्ड गेममा लागेको थियो।
कालो धन्दा बाट कमाएको धनलाई सेतो बनाउने,संगठनलाई मजबुत बनाउने,संगठनको उत्ताधिकारी हुने,बदला यहि बार बार पुरानो चलचित्रमा देखिएकै कथा दोहोरिएको छ। कथा दोहोरिएको भए पनि प्रस्तुतिका कारण निर्देशक/लेखक सुजितलाई मान्नै पर्छ। फिल्मको सबै भन्दा राम्रो प्लसपोइन्ट भनेको यस्को टिवस्ट हो। फिल्मको एउटा सिन पनि अर्को सिन के हुन्छ भन्ने कौतुहलता त जगाउछ तर फिल्मलाई जबर्जस्ती तन्काएको तन्काएकै गरेर अलिकति बोरिङ लाग्छ।यो नै फिल्मको माइनस पोइन्ट हो। यो फिल्म जबर्जस्ती तन्काएर २:५०:०० हुनु भन्दा २:१०:०० तिर झारेको भएर घर पुगेर पनि साथि भाइ संगको कुरा गर्नुको मज्जा बेग्लै हुन्थ्यो।मलाई लाई यो जबर्जस्ती तन्काएको आभाष भएको छ।
कुरा गरौ स्टोरि लाईनको
फिल्म एउटा अन्डरवर्ल्ड संगठनको छ।जसको उत्तराधिकारी रोय(जेक्की) हुन्छन।त्यो स्थान उनको मेहनत र इमानदारीताको कारण देवराजका बुबाले रोयलाई सुम्पेका हुन्छन।रोयले पनि आफ्नो जिम्मेवारी र कालो धन्दाको धनलाई सेतो बनाउन कुनै कसर छोड्दैनन।
देवराज(चक्की पान्डे) भने बिरासतमा त्यो स्थान पाउन चहान्छन।देवराजले त्यो स्थान पाउन कति हद सम्म गर्छ क्रुर हुन्छ भने कराना भन्ने ठाउलाई मरभुमी बनाउछ।
शहरमा बार बार ठुलो चोरी भइरहेको हुन्छ ।तेश्रो पटकको चोरीमा आम जनता फसेका हुन्छन।जुन जनतालाई थाहा हुदैन कि उनिहरुले कसरी चोरीको भागिदार हुदैछन भनेर।अञ्जानलाई चोरी गर्ने सिढिको रुपमा प्रयोग गरिएको रोचक ढंगले देखाइएको छ।र यहि चोर समात्न लाई अशोक चक्रवर्ती(प्रभाश)अन्डरकभर पुलिस भएर देखिएका छन।तर चलचित्रको यस्तो ट्विस्ट छ मध्यान्तर सम्म प्रभाष एउटा पुलिसको भेषमा रहन्छन।यसै बिच अमृता नायर(श्रद्वा)संगको भेटलाई रोमाञ्चक तरिकाले पर्दामा उतारिएको छ।
मध्यान्तर पछि कथाले यस्तो मोड लिन्छ कि फिल्म हेरि राख्ने दर्शकको दिमागले पनि काम गर्न छोड्छ।प्रमुख कलाकार बाहेक बाकि कलाकार को नेगेटिब रोलमा छ को पोजेटिभ रोलमा छ भनेर केवल फिल्मको क्लाइमेक्समा पुगेपछि मात्र थाहा पाइन्छ।।
सबैले साहूको अर्थ खोजि गरिरहेका छन तर
फिल्मको क्लाइमेक्समा साहूको खास अर्थ खुलाइएको छ। तर साहूको अर्थ बुझ्नू भन्दा पहिला २ अढाई घन्टा झेल्नु पर्छ।
यदि यो फिल्म हेर्न जानू छ भने दिमाग लाई फ्रेस बनाएर जानुस नत्र बिचबिचमा तपाईलाई निन्द्रा लाग्ने छ।
साउन्ड क्वालिटी/भिज्वल इफेक्ट्स/VFX केही ठाउमा अर्ड लाग्न सक्छ तर ३ घण्टाको फिल्ममा कति मिनेटमा बिग्रियो भन्ने कुरा दर्शकले भेउ पाउदैनन् ।।गित संगित राम्रै छन तर साइको साइ्या गित किन लगाइयो भनेर मैले बुझ्न सकेको छैन
समग्रमा फिल्मलाई 3.5* दिन सकिन्छ।।
नेपाली फिल्मी किरो
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त
नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू