Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

अफ्गानीस्तानका वुद्ध

१६ भाद्र २०७६, सोमबार ०७:१०

लोकप्रिय

नेपालमा जन्मेका गौतम बुध्द कपिलवस्तु बाट हालको मेसोडोनिया (युरोप) सम्म पुगेका थिए लाखौ अनुयायीहरूका साथमा। उनको लोकप्रियतालाई यसबाट पनि अनुमान लगाउन सकिन्छ।
प्रमाण: अफगानिस्तानको बामियानमा संसारकै सब भन्दा ठूलो बुद्ध मूर्ति हाल पनि रहेको अवस्थामा। अहिलेको अफगानिस्तान, पाकिस्तानु त ईस्लामको विजय अगाडि सम्म हिन्दु, बौद्ध नै थिए । हालको कन्दाहार शहरमा सम्राट अशोकको शिलालेखले त्यतिबेलाको बौद्धमार्गको बिस्तारको चित्र प्रस्तुत गर्दछ ।

बुद्धले भनेका थिए, म सामान्य व्यक्ति हुँ। म आत्मा, परमात्मा एवं स्वर्गमा विश्वास गर्दिन। मेरो मन्दिर, मूर्ति आदि नबनाउनु।
तर, संसार भरिमा नै बुद्धको मूर्ति, मन्दिर, गुम्बाको निर्माण सबै भन्दा बढी भएको छ।
निष्कर्ष : हामी आफ्नो फाइदाको लागि धर्म, संस्कृति, दर्शनको पनि गलत व्याख्या गर्न तयार हुन्छौ।
थप: अहिलेसम्म बुद्ध दर्शनलाइ संसारमा नै सर्वाधिक लोकहितकारी एवं वैज्ञानिक मानिएको छ। त्यसकारण पनि यो झन झन लोकप्रिय हुँदै गएको छ।

अफगानीस्तानको हजाररजत क्षेत्र भन्दा १३० किमी उत्तरपूर्वमा २५०० मिटरको उचाईमा वम्यान उपत्यका छ । गान्दाहार कला अन्र्तगतको बुद्धका मूर्तिहरु ३५ र ५३ मिटरका उचाईमा थिए । पाश्तो सभ्यताका यि मूर्तिहरु छैठौं शताव्दीमा बनेका तथ्य छन् । तथापि सन् २००१ मा मुल्लाह मोहम्मद ओमर नामक तालिवानका अतिवादी नेताको एकल आदेशमा सबै मूर्तिहरुलाई डाइनामाइट लगाएर फुटाइयो ।
वम्यान उपत्यका प्राचिनकालको विश्वव्यापी व्यापार र एसियाको जीवनरेखा मानिने सिल्करोडको एउटा हिस्सा हो । गान्दाहारा सभ्यताका परम्परा लगायत सिल्करोडका ब्यापारीहरुको एउटा अति विशिष्ट विश्राम थलोका रुपमा वम्यान उपत्यका रहेको प्राचिन आधारहरु पाइन्छ । हिन्दु कुश पर्वत श्रृखलाहरुको यस उपत्यकामा प्राचिनतम सभ्यताका बिभिन्न प्रमाणहरु पाइन्छ । भैरोकाना र शाक्यमुनी मुद्राका बुद्धका मूर्तिहरु यस उपत्यकामा थिए जुन अहिले नष्ट भइसकेको छ ।

यूनेस्कोको सांस्कृतिक धरोहरको सूचिमा सूचिवद्ध यस क्षेत्रलाई संरक्षण र सहृदयताको कमी भएसाथै विश्वले वुद्धका प्राचिनतम मुर्ति र सभ्यताका अन्तकुन्तर प्रमणहरु गुमाएको पनि दुई दशक बितिसकेको छ । १३ औं देखि १७ औं शताव्दीसम्म पनि कहिले गेन्जीज खान त कहिले अरुणजेव लगायतका शाषकहरुले पनि यी मूर्तिहरुलाई भत्काउने आदेश दिएका थिए र भत्काउने प्रयत्न पनि गरे जून विफल रह्यो । सन् १८४७ मा फ्रान्सका एकजना फोटोग्राफर ले अफ्गानी राजा अव्दुर रहमान खानले वुद्धका केहि मूर्तिहरुको अनुहार ध्वस्त पारेपछिको फोटोहरु पनि खिचेका थिए ।

यसरी ठूला ठूला शाषक र आक्रमणकारीहरुले पनि टुटाउन नसकेका वुद्धका प्रतिमाहरु मोर्टार र डाइनामाइट लगाएर २१सौं शताव्दीको शुरुवातमा नै भत्काइएको दुख्खद तथ्य छ ।

भवतु सब्ब मङ्गलम।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विक्रम संवत् २०७९ को पहिलो सूर्य ग्रहण (Surya Grahan – Solar eclipse of April 30, 2022) बैशाख १७ गते मा

काठमाण्डौ । २०७९ सालमा विवाह र व्रतबन्धका लागि प्रशस्तै लगनहरु जुरेका छन् । ‘नेपाल पञ्चांग निर्णायक विकास समिति’का अनुसार नयाँ

आज छठको तेस्रो र मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि

सूर्यको उपसनाको चाड छठ पूजाको रौनक देशका अधिकांश भागमा छाएको छ । तराईका सबै ठाउँहरुमा छठ पर्वलाई ब्यापक तयारीका साथ