
वृद्धवृद्धाका निःशुल्क सारथी
१६ भाद्र २०७६, सोमबार ०८:१८
पोखरा, १६ भाद्र २०७६ । मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग १ ज ४९०९ नम्बरको ट्याक्सी टक्क अडिन्छ । ट्याक्सीबाट दुई वृद्धवृद्धा झर्छन् । भाडा बुझाउन खोज्छन् तर ती ड्राइभरले लिन मान्दैनन् । वृद्धाश्रमका वृद्धवृद्धा घलेको वरिपरि झुम्मिन्छन् र आशिष दिन्छन् । यतिखेर वृद्धवृद्धाका यात्राका निःशुल्क सारथी भएका छन् कास्की, पोखराका चेतबहादुर आले ।
सेवा गर्नलाई धन होइन मन चाहीन्छ भन्ने उदाहरण पेश गरीरहेका पोखराका चेतबहादुर आलेले निःशुल्क टयाक्सी चडाउँदै आएका छन् भन्ने सुन्दा जो कसैलाई पनि पत्यार नलाग्न सक्छ, आलेले दुखी वृद्धबृद्धा र विरामीलाई निसुल्क ट्याक्सी चडाउँछन ।
ट्याक्सीबाहेक अर्को आम्दानीको स्रोत नभएका यिनलाई किन समाज सेवाको यत्रो रहर जाग्यो होला ? ‘धनसम्पत्ति धेरै भएर होइन,’ उनी भन्छन ‘मन्दिरमा गएर पूजा गरेर पैसा चढाउनुभन्दा यसरी धर्म हुन्छ जस्तो लागेर ।’ उनले थप भने ‘वृद्धवृद्धालाई स्याहार गर्दा आफ्नै बाआमालाई स्याहार गरेजस्तो लाग्छ, बूढाबूढीले आशीर्वाद दिँदा आत हरर हुन्छ ।’
उनै चेतबहादुर आलेको बारेमा तयार पारीएको भिडीयो हेरौ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग