Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

भारतपाक सिमामा खसेका प्लेनहरु अनि पाइलटको पत्र

१७ भाद्र २०७६, मंगलवार ०८:००


सन् १९९० को अगस्ट महिनाको १० तारिखका दिन पाकिस्तान भारतको कोर्डरमा एउटा पिडादायि हवाई दुर्घटना भएको थियो । हुन त केहि हप्ता अघि कार्गिल युद्ध अलि साम्य भएको छ तथापि आज हामी भारतपाक सिमामा भएका पिडादायी हवाई दुर्घटनाका केहि तथ्यहरु उक्काउन चाहन्छौं ।

अगस्ट १०, सन् १९९९ मा बिआर ११५० बेरगिट एट्लान्टीके मोडलको फ्रान्समा बनेको पाकिस्तानी सेनाको जहाज भारतीय एयर फोर्सको रुसमा निर्मित मिग २१ एस बिमानद्धारा कुच क्षेत्रमा खसाइयो । यी फ्रान्सेली जहाजहरु सुपरिवेक्षण जाँच गर्न एन्टी सबमेरिन वारफेरका लागि प्रसिद्ध थिए ।

मेहरान नावाल बेस पाकिस्तानबाट उडेको यो पाकिस्तानी बिमानलाई भारतपाक बोर्डर छेउको आइएफ राडारले पत्ता पाएको थियो । भारतीय हवाई फोर्सको मिग २१ एस बिमानहरुले यस पाकिस्तानी बिमानलाई अवतरण गर्न बाध्यकारी हवाई रुट श्रृजना त गरे तर पाकिस्तानी बिमानले ड्याश दिँदै बोर्डर क्षेत्रमा नजिक आउन खोज्दा भारतीय तर्फबाट शुट क्लीएरेन्स जारी गरी उक्त बिमानलाई मिसाइल प्रहार गरि झारिएको कुरा भारतीय तर्फका त्यसवखतका कमाण्डर पीके बुन्देलाले बताएका छन् । दुर्भाग्यवश पाकिस्तानी जहाजमा १६ जना सवार थिए जसमध्य सबैको मृत्यु भयो ।

पाकिस्तानले उक्त बिमान आफ्नो नियमित चेकजाँचमा रहेको बताँउदै बिमानका अवशेषहरु पाकिस्तानी भूभागमा पाएको बताएका थिए । भारतीय पक्षका अनुसार जहाज बोर्डरको २ किमी भित्र पाएको र आफूहरु मिसाइल चलाउन बाध्य भएको तथ्य जारी गरेका थिए । सन् १९९१ मा दुबै देशले सिमा क्षेत्रको १० किमी आसपासमा जहाजहरु नल्याउने संझौता पनि गरेका थिए तर त्यस संझौताको पालना सिमाक्षेत्रको आकाशमा खासै भएको पाँइदैन ।

क्याप्टेन संजीव नारायणन जो उतिबेला भरातीय सेनाका पाइलट थिए, अहिले उनी अवकाशप्राप्त भइसके तथापि अझै पनि त्यस दिन पाकिस्तानी जहाजमा भएको १६ जनाको मृत्युप्रति खेद प्रकट गर्दछन् । हामीले उक्त बिमानमा १६ जना रहेको र त्यति छिटै जमिनमा बजारिएला भन्ने नसोचिएको बताए ।

ग्रुप क्यापटेन बिजय समुन शर्माका अनुसार पहिले भारतीय फाइटर जेटहरु २५०० मिटर माथि अनि बादलमाथि २१०० मिटर मा पुग्दा १० किलोमिटर पर पाकिस्तानी जहाज आक्रमक हतियारका साथ देखिएको बताएका छन् । बिगं कमाण्डर बुदेलाले ईगेंज गर्ने अर्डर दिए ।
हुन त सेप्टेम्बर १९ सन् १९६५ मा पाकिस्तानले भारतीय सिभिलियन जहाज बिचक्राफ्ट मोडल १८ खसालेको थियो । गुजरातका तत्कालिन मुख्यमन्त्री बलवन्ती मेहता सहित उनकी पत्नी, ३ पत्रकार, दुई सुरक्षाकर्मी र २ चालक दलका सदस्यको मृत्यु भएको थियो ।
कुच क्षेत्रमा नै यो जहाज खसेको थियो ।


यस जहाज खसाल्दा पाकिस्तानी जहाजका पाइलटले भारतीय पाइलटका परिवारलाई सन् २०११ मा लेखेको पत्रमा आफूले केवल अर्डरको पालना गरेको र शान्ति र युद्धको यो यात्रामा जुनसुकै देशको भएपनि पाइलटहरु वलि चढ्ने भनेंर उल्लेख गरेका थिए ।
पछि भारतीय पाइलटकी छोरी फरिदा सिंहले पनि पाकिस्तानी पाइलटको पत्रको उत्तरमा उक्त घटनाले आफ्नो जीवन नै तहसनहस पारेको तथापि भारतीय भएका नाताले आफूले कसैप्रति घृणा या बदलाको नियत नभएको उल्लेख गरेकी थिइन् ।

यस्ता घटनाक्रममा कुनै पनि पाइलट आफू मानव पहिले अनि सिपाही पछि भएर सोच्ने गर्दा दुबैतर्फ असर कम पर्ने बताइन्छ । देशहरुको द्धन्दमा माया स्नेह र मानवता नरहने पनि एउटा तथ्य एकातर्फ छ ।
भारत र पाकिस्तानका सिमामा धेरै जहाजहरु खस्ने, खसाउने क्रम चलिनै रहेको छ, युद्धका घाउहरुमा खाटा बस्न नपाँउदै अर्को घाउ भइसकेको हुन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग