
तीज: भगवती बस्नेत
१६ भाद्र २०७६, सोमबार १७:१३
आयो तीज घुमेर चाड गतिलो आनन्द मीठो छरी
आस्था निर्मल पार्नमा सफल होस् सद्भावनानै भरी ।
आकांक्षा सुकिला बनून् सुमनका सत्कर्म राम्रो गरी
आशीर्वाद दिऊन् सदा शिवउमा नारी बनून् मन्जरी
।।१।।
मान्छे सज्जन हुन् सधैं समझले जाउन् धरीत्री तरी
मानौं शंकरशैलजा दिल दिई श्रद्धा गरी बेसरी ।
मागौं सदगुण सत्यता शुभ हुने हामी बनी जाँगरी
आऊन् धार्मिक धारणा सहजले यो चाड होस् सुग्घरी
।।२।।
पूजामा स्तुतिमा समर्पित बनौं यो तीज होस् सुन्दर
प्रेमी बन्न सकौं तमोगुण हटून् पाई उमाशंकर ।
प्रार्थीमा प्रियता पलाउन सकून् कल्याणका ख़ातिर
पाखण्डीपन दूर होस् अनि पुगून् यी होडबाजी पर
।।३।।
ढाँचा ढोँग घमण्ड रीस सकिऊन् प्रज्ञा बनोस् पावन
राम्रा संस्कृति सभ्यता सब बचून् संस्कार होस् सत्धन ।
आऊन् धार्मिक धारणा चहकिला राम्रो बनोस् पूजन्
हामीमा सहभाव हुन् अति धनी यो पर्व होस् कन्चन
।।४।।
नारीको प्रिय मुख्य मान्य रसिलो हो तीज नेपालमा
हुन्छन् नाच र गान भव्य यसमा संगीतको तालमा
बस्छन् बर्त गरेर भक्ति महिला आनन्दको साथमा
कोही माइतमा गएर ममता छर्छन् उमानाथमा
।।५।।
केही मन्दिरमा गएर शिवको गर्छन् समाराधना
स्वामी सज्जन हून् सुखी वर दिनू भन्छन् गरी प्रार्थना ।
कोही चै घरमै बसेर शिवको गर्छन् गुनी सम्झना
आउने दिनमा सधैं सुखद होस् यो तीजको तिर्सना
।।६।।
© कवीः भगवती बस्नेत
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका