
लघु ब्यवसाहीहरुको प्रदर्शनी मेला
१७ भाद्र २०७६, मंगलवार १४:३४
साना तथा मझौला ब्यवसाही महाँसघंको आयोजनामा यहि आँउदो भाद्र १९ देखि २३ सम्म काठमाण्डु भृकुटिमण्डपमा लघु ब्यवसाहीहरुको प्रर्दशनी मेला आयोजना हुने भएको छ । देशको अर्थतन्त्रमा टेवा दिन र स्वरोजगारीको श्रृजनामात्र नभई स्थानीय श्रोत साधनको उपयोग र स्थानीय उत्पादनको प्रवर्धनमा पनि यस प्रकारका मेलाहरुको बिशेष भूमिका रहने मेला आयोजना कार्यक्रमका संयोजक अमित उपाध्यायले बताए । सांस्कृतिक समुह रकसिद्धिका चेयरमेन पनि रहेका उपाध्यायका अनुसार अब मेलाका सम्पूर्ण तयारी अन्तिम अवस्थामा पुगेको र लघु ब्यवसाह प्रवर्धनका लागि सयौं ब्यवसाह र स्टलहरु मेला मार्फत सबैको अगाडि ल्याउने कार्य सुसम्पन्न हुनेमा आयोजक निश्चित छन् ।
कार्यक्रमका अर्का संयोजक रबिन थापाका अनुसार ब्यवसाहीहरुको उत्साह र सबैजनाको हौसलाले गर्दा आफूहरु निकै उत्साहित रहेको र यस प्रकारका मेलाहरु ब्यवसाह प्रवर्धनका लागि निकै जरुरी भएको बताएका छन् । उक्त मेलाको स्टल व्यबस्थापनको कार्यभार चाँही बिजनेश फर्मुलाका प्रकाश लामीछाने ले गरेका छन् ।
यस मेला आयोजनामा ट्रेड प्रमोशन एण्ड एक्सपोर्ट सेन्टर नेपाल अर्थात ब्यापार निकासी तथा प्रवर्द्धन केन्द्र , कामना बिकास बैंक, ईसेवा लगायत अन्य बिभिन्न संघ संस्थाहरुको सहयोग रहेको बताइन्छ । यस मेलाको अनलाइन मिडिया पार्टनर भनें लाइभमाण्डु रहेको छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै