Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

विश्वकप फुटवल २०२२ को लोगो सार्वजनिक

१८ भाद्र २०७६, बुधबार १०:३६


कतारमा हुने विश्वकप फुटवल २०२२ को लागो सार्वजनिक भएको छ । राजधानी दोहामा यो लोगो सार्वजनिक गरिएको हो । यूनेस्को सम्पदा सूचीमा रहेका कतारका भव्य प्राचिनतम महलहरुमा लाखौं दर्शकका सामु यो लोगो सार्वजनिक भएको हो, इनबेल्म अर्थात पहिचान चिह्नका रुपमा पनि यस लोगोलाई लिन सकिन्छ ।

बुर्ज दोहा, कतारा कल्चरल भिलेज, सुक वकिफ र अल जुब्राह फोर्टमा यस इन्बेलमको सार्वजनिक कार्यक्रम रहेको थियो । सेप्टेम्बर ४ सन् २०१९ को स्थानीय समयअनुसार ८ बजेर २२ मिनेटमा यी सबै ठाँउहरुमा यस लोगो देखाइयो । यसका साथै विश्वका अन्य २३ मुख्य शहरहरुमा यि लोगो देखाउने कार्यक्रम थियो । मुम्बई, पेरिस, मस्को, भेनिस, जोहान्वर्ग, सियोल, लण्डन लगायत थुप्रै शहरका मुख्य ठाँउमा हिजो लोगो विश्वकप फुटवल २०२० को लोगो देखाइयो । यस लोगोमा विश्वकप आयोजना हुने कतारका ८ रंगशालाको प्रतिनिधित्व हुने गरि ८ अकंलाई जोड दिएर मरुभूमिको संस्कृति झल्किने रंग प्रयोग गरिएको बताइन्छ ।

नोभेम्बर २१ २०२२ देखि डिसेम्बर १८ सन् २०२२ सम्म यो प्रतियोगीता आयोजना हुनेछ । डिसेम्बर १८ चाँही कतारका राष्ट्रिय दिवस पनि हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग